Tuesday, February 14, 2012

शुभकामना! तिमिलाइ

प्रिय नीता!
अबिरल,अबिराम माँया
सम्झनामा मुटु दुखुन्जेलसम्म,

पत्र लेख्नु पर्ने नबिन कारणहरू त केही पनि थिएन तापनी बेखबरहरूलाई खबर बनाउने बाहानामा,अनि प्रत्यक्षरुपमा सन्देश र शुभकामना लेख्ने हैसियत गुमाएकोले पनि यो अप्रत्यक्ष माध्यमबाटै भएपनि एकपटक तिमीसम्म पुग्न चाहेको मनलाई सान्त्वना दिने अभिप्रायले मुटु निचोरेर नयनको अश्रुले तिमीप्रती समर्पित बन्दै पिंडित बनेको मेरो मायालाई बेदना निर्लिप्त भाबमा उतारेर मनका उच्छबासहरू पोखीरहेको छू तिम्रो जन्मदिन र यो प्रेम दिबसको अबसर पारेर शुभकामनाको खातिर।

नसम्झ फेरि प्राप्तीको चाहाना राखेर तिमि प्रति मायाको भाब दर्शाउदै छू, यो पनि नसम्झ अपमानले तिमिलाइ घ्रिणा गर्दै छू। तिमी त मेरो प्रेम थियौ,हौ र हुनेछौ अनन्तसम्म पनि। जुन दिन तिम्रा र मेरा जिन्दगीका दोबाटोहरू २ भएर देखा परे हो त्यहि दिनदेखी तिमीसगको यात्रा टुङ्गीएर एक्लै यात्रा गरिरहे पनि अह!मलाई कुनै पल तिम्रो साथले छोडेको छैन। म तिम्रो भौतिकता भन्दा कल्पना र तिमिसग बिताएका अतितहरूसग आजभोलि धेरै रमाउने गर्छु। एकछिन अतित खोतलेर अल्मलिन्छु,आफैलाई निचोरेर निखारिन्छु। कहिलेकाही तिम्रो प्यारो नाममा आफूलाई पखाल्नका खातिर बिना सुचनानै नयनहरू श्राबण बनिदिन्छन कारण मायाले हो या घ्रिणाले म आँफैलाई थाहा छैन तर मौन रुपमा बर्षेका आशुका थोपा थोपालाई भुइमा खस्न नदिई मौनता पिउदै बाँच्न म बिबस छू।

नीता!यतिबेला यो अन्त्यहिन जीवन श्रिन्खला भित्रको बेढंगको मेरो जीवन कथा तिमिसग जोड्न चाहन्न साथसाथै चिर परिचित बाटाका यी अपरिचित बनेर उभिएका घुम्तीहरू पार गरेर तिमिलाइ चटक्कै भुलिदिने हिम्मत पनि मसग छैन। तिमी मेरो कोहि थीइनौ र म पनि तिम्रो कोहि थीइन तर कोहि नहुनुमा पनि तिमी मेरो सर्बस्व रहिछौ र त घरीघरी सहनै नसक्ने गरि दुख्छौ,स्म्रितिका पानाहरुमा आएर लुकामारी खेल्दै गिज्जाउछौ मलाइ यहि झझल्कोहरू प्यारो,यहि दुखाइहरू आनन्दित लाग्दैछ आजभोलि।

नीता!यति खेर दुनियासग गुनासा पोख्दै छौ होला मेरो कारणले बदनाम र बर्बादी भए भनि तर यो संसारको जुन कुनामा जस्तो अबस्थामा भएपनि तिम्रो खुशि र प्रगतिको कामना भगवानसग गरिनै रहनेछु।बिस्वास गर या नगर,विश्वासघातमा चिरा पर्दै टुक्रा टुक्रामा चैटिएको मुटुले प्रत्येक पल तिम्रो खुशिको कामना गर्न भने बिर्सिएको छैन। हो आज म भौतिकतामा तिमिदेखी दुर हुँदै छु तिमी र तिम्रो जीवन देखि तिम्रो बस्तीको हुरीले उडाएको मीठा सपनाहरूलाई लास बनाएर त्यसैले बिदाईको अन्तिम घडिमा परिचित तिमीसग अपरिचित हुँदै कोरिएको यी मेरा कारुणिक चित्कारहरूलाई तिमी आफ्नो बदनाम नसम्झिनु। जिन्दगीको गोरेटोमा देखिएको थोरै प्रकाशभित्र पनि बादलको छाया पर्नु,स्वर्णिम संसारको कल्पनामा बुनेका सपनाहरू च्यातिनु,अनमोल हासोका सौगातहरू एकाएक रोदनमा परिणत हुनु,बिस्वासको दियो सानो बतासको झोक्कासगै धिप्प निभ्नु,निस्वार्थ त्याग र बलिदानीको कसम चटक्क बिर्सनु यी इत्यादी सम्पुर्ण घटनाक्रमलाई मैले एउटा सम्योगको रुपमा स्वीकार गरेको छू। तिम्रो गन्तब्यसग म अपरिचित हुनु नै पर्ने बाध्यता तिमिले नै  खडा गरिदिएपछी मेरो सामु अर्को बिकल्प पनि त थिएन।

तिम्रो निस्वर्थ माया र खुल्ला हिर्दयको सहयोग मेरो अचकल्टो जिन्दगीलाई थियो तिम्रो जिन्दगीलाई होईन। तिम्रो मायाको छहारीमा म मौलाउदै लहराउन चहान्थे तर मेरा यी अबोध र निर्दोष चाहानालाई तिम्रो मनले कहिल्यै बुझेन। हिजो हलुका रुपमा तौलेको मेरो मायाले यी दिनहरुमा तिम्रो मुटु चिरा पारेको भए ती भागहरू चाडै मासु पलाएर पुरिउन। जादै छू म धेरै टाढा तिम्रो बस्तिदेखी समयले लुटेको अधुरो खुशि लिएर तिमिलाइ प्राप्तिमा त खै अप्राप्तिमा यति धेरै माया गर्दै बेदनाको बस्तिहरुतिर। मेरो जिन्दगी लक्ष्यहिन भएर गन्तब्यबिहिन दिशातर्फ गहकिलो पाइला चाल्दै छ नयन भरी आँशुको सौगात सजाएर पर क्षितिजमा डुब्नै लागेको घाम सग प्रेम र जीवनको परिभाषा खोज्दै केबल तिम्रो खुशिको लागि।

बिदाई!

उही तिम्रो
अतित




No comments: