गजल: अरुले झै --
अरुले झै आकाशको तारा गन्न सकिन  जिउने मर्ने सँगैसँगै  भन्न सकिन   तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी  ऐया भन्दै नाटक गरी कन्न सकिन   सत्यताको पछी पछी यथार्थमा दौडिरहे  तिमीले जस्तै झुट बोल्न धन्न सकिन   रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे  त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन      सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी  बैगुनिलाई पुर्ने खाडल खन्न सकिन