वालापन देखिकै चिनारी, गाँउघरमा हुने आजापुजा, दसैं तिहार अनी देउसी भैलोसगै अंकुराएको प्रेम सुख दु:खका साथ जे जस्तो जीवन चलेकै थियो, गोदावरी, स्वयम्भु, बालाजु हामी दुइको भला कुसारी गर्ने उत्तम थालो बनेको थियो। अझ स्वयम्भु त हाम्रो प्रेमको पर्याबाची नै भैसकेको थियो। धेरै साँझ स्वयम्भुकै काखमा सगै बिताएका थियौ चाहे त्यो माघको चिसो साँझ होस् वा चैत्रको सिरेटोले सेकेको साँझ मेरी प्यारी निता आफ्नो गुलाबी पछ्यौराभित्र जतनले मलाई लुकाउथिन म उनकै मायालु स्पर्शमा मन्त्रमुग्ध बनिरहन्थे । रात छिप्पीदै जान्थ्यो हामी आ-आफ्नो डेरातिर लाग्थ्यौ फेरी भेट्ने वाचाका साथ भोलीको साँझको मिठो सपना आँखाभरी सजाएर। अह कुनै छलकपट थिएन, विश्वाशको दरो पर्खाल थियो हामीबिच, एक अर्काको समस्या सग परिचित अनी सहयोगी, एक अर्कामा सम्मान, दु:खमा सहानुभुती र सुखमा कन्जुसाइ नगरि हासिदिने हाँसो सबै थियो। यताकता गाँउघरमा हाम्रो सम्बन्धको बारे गाइगुइ हल्ला सुनिन्थ्यो त्यसपछी उनी अली बिचलित बन्थिन म उनलाई सम्झाउथे एकैछिनमा उनी मलाई हेरेर फिस्स हाँसिदिन्थिन, उनको मिठो मुस्कानभित्र म हराउथे र मनमनै भन्थे रमेश त सार्है भाग्यमानी छ...