बुझी नसक्नु को यो जिन्दगी
गहभरी आँशु टलपलाउदै जिन्दगिका गालाहरु लतपतिदै तप्प तप्प भुइमा खस्दै छ, यो साझ निलो आकाशको आगनमा हाँस्दै एक तमासले दौडिरहेको चन्द्रमालाई हेरेर जिन्दगि भरका सबै दु:ख एकसाथ भुलेर चन्चले बालक जस्तै बनी उफ्रन मन लागेको छ। धेरै दिन धेरै रात जिन्दगीको बिगत भित्र बगेर, कहीले एक्लै रोएर, कहीले एक्लै रमाएर बिताएका पलहरु, आफ्नै मन भित्र गुम्सिएर रहेका स्मृतिहरुलाई पाखा लगाएर एकैछिन भने पनि पागल जस्तै बनी हास्न मन लागेको छ। जीवनलाई सहि तरिकाले कहिल्यै अनुभुती नगरेको मान्छे म आज यसलाई आफैभित्र समाहित गरेर चेतनाले उचाल्न मन लागेको छ। सप्ताहा अन्त्यको यी दिनहरु त्यसै पनि उराठिला लाग्छन मलाई त्यसमाथी चाडपर्ब पनि गासिएर बिदा लम्बिएको छ। ३ दिन भयो लगातार हावा हुरी चलिरहेको छ, घुम्न जाने पनि कहाँ यो बिदेशको बसाइ। न आफ्नो साधन न मोज मस्ती गरेर हिंड्न सक्ने औकात। भौतिक रुपमा आरामै भएपनि मनका सबै कसौडीहरु भने पिडाले टम्म भरिएका छन। अह! काम केही गरेको छैन तरपनी जिउ शिथिल छ,अनुहार धमिलो बनेको छ अरुले थाहा पाउलानकी भनेर बेला बेला सकी नसकी हासोको नाटक गरेकै छु । आफ्नै अन्तर आत्मासग गन्थन मन्थन गर्दै खुशी बेखुश...