केही हाइकु
 आजभोलि यता मन बरालिदै छ। सिकारु हो हजुर गल्ति भुल भए क्षमा पाऊँ। हजुरहरु को न्यानो मायामा हुर्काने बाताबरण मिलोस।   पिंजडा भित्र  नजरबन्दी आशा  नयाँ नेपाल!   झ्याउकिरीले  दिउसै रात पारे  बिना सूचना!   ज्यान हाजिर  मनमा ताल्चा ठोकी  तिम्रो खुशिमा!   मन्द मुस्कान  अश्रुले नयन भिजे  निचोरी मुटु!   गोधुली साँझ  हिक्क हिक्क बाडुल्की  सम्झना तिम्रै !   शान्तिको नारा  बारुदको भट्टिमा  हिंस्रक मन!   खाएर टन्न  खोलभित्र लुक्छन  झुसिलकिरा!   उड्दै जाने भो  बत्तिको वरिपरि  प्राण पखेरु!   वैंशको फूल  जोगाएर राख है  पापी भमरा!   गन्तब्य टाढा  यात्राको साथी तिमी  फुरुङ्ग मन!