सम्पुर्ण आमाहरू प्रति
 बिशेष गरेर ती आमाहरू प्रति समर्पित  जो प्रेमको नाटकिय जालमा परेर पनि गर्बका साथ गर्भमा आफ्नो बच्चा हुर्काउदै छन् वा समाजको अनेकौ प्रश्नहरुमा अनुत्तरित भएर पनि आफ्ना बच्चालाई जन्म दीइरहेका छन कुनै पुरुषको साहारा बिना।     हजार पिंडाहरू बिच  अभाबै अभाबको भंगलाहरूबाट  आधा पेट खाएर  आन्धा आङ ढाकेर  मुसुक्क मुस्कुरादै  तिमिले हाँस्न सिकायौ!       कठिन यात्रामा  दुश्मनी मोल्दै दुनियाँसग  कहिल्यै सुस्केरा हालिनौ थकाईले  लखतरान पारिरहदा पनि   मुसुक्क मुस्कुराउदै   मलाई अप्ठ्यारो बाटोमा  सजिलैसग  तिमिले हिंड्न सिकायौ!      समाजमा ब्यप्त क्रुर जालो च्यात्न   रुढिबादिताको अग्लो पर्खाल भत्काउन  तिम्रो सामु दुनियाँले हानेका  कटाक्षे , घ्रिणा र    अन्यायका क्षेप्यास्त्रहरू माथी  धावा बोल्दै  मलाइ,अन्यायका बिरुद्ध  तिमिले बोल्न सिकायौ !    खुल्ला किताब बनेर  तिम्रो मात्रित्वले  गणित,बिज्ञान  राजनीति शास्त्र ,अर्थशास्त्र  धर्मशास्त्रले   व्याख्या गर्न नसकेका  वा नजानेका  संस्कार पढायौ  प्रेम चिनायौ!