नयाँ बर्ष नयाँ हुन सकेको छैन
   नेपाली नयाँ बर्ष २०७० को शुभकामना सम्पुर्ण मित्र,मान्यजन र शुभचिन्तकहरू प्रति। तपाइहरूको यो बर्ष सुखद बनोस्।       शुष्क शुष्क हावाको बहकाइले  भञ्ज्याङलाई हिर्काउदा  मधुर बेदनाको गाठो फुकाउदै  काफल पाक्यो चरीले बिरह सुनाउदा  अनि मलाइ स्मरण हुन्छ  कल्पनाका तरङ्गहरुमा हराउछु  यस्तै बशन्त बोकेर त्यो  मिठो नयाँ बर्ष भित्रिएको थियो!         बशन्ती मुना हातमा खेलाउदै  लालटिनीको थोरै प्रकाशसग  हामिले मन साटेका थियौ  दुई मुटु एक गरि बाटेका थियौ  हो तिमिसग बिताएको अतित भित्र  म आज पनि पागल बन्छु  एक्लै रामाउछु  एक्लै गुनगुनाउछु स्मरणमा  किनकी म भित्र  तिम्रो गहन स्मृति बाँकी छ  अझै त्यहि बशन्त,  त्यहि मिठो नयाँ बर्षको झझल्को  जुन बेला  भएको थियो हाम्रो मिठो मिलन!!   त्यहि बशन्त र त्यहि नयाँ बर्षसगै  हामि फुलेका थियौ  हर्ष र उमंगका बासनाहरूले सजिएर  भबिश्य फलाउने सपनामा   तर  समय सगै तिमी निष्ठुरी बन्यौ  बिश्वासका पर्खालहरू ढले  खरानी नै बन्ने गरि मन जले  तिमी अबुझ बन्यौ  त्यसैले,  आज न तिमी छौ  न मलाइ नै राख्यौ  यँहा यतिखेर फेरि अर्को बशन्तसगै  नयाँ बर्ष आएको छ रे  किमार्थ!   ...