Posts

अधर्मी पापी भन्दै

आपत पर्दा जीवनमा, हतास नठाने है काँडामाथी हिंड्नु पर्दा, खुट्टा नताने है जन्मी हुर्की बढेको, यही सस्कारले गर्दा चिढिएर बोल्न सक्छु, दु:ख नमाने है प्रश्नहरु गरौला, तिमीलाई बुझ्न भनी अबिश्वासी भनी मलाई, अर्को नछाने है मेरै कारण कहिलेकाही, अप्ठ्यरो परे पनि रिसाएर आँखा चिम्ली, तीर नहाने है भबितब्य पर्न गई, एक्लै छाडे भने कतै अधर्मी पापी भन्दै, तेलमा नझाने है

एकदिन जवानीको

एकदिन जवानीको,मात सकिन्छ सानी मिठा सपना देखिरहने,रात सकिन्छ सानी केही कुरा मनमा लेउ, तिम्रो राम्रो भन्दा नसुने झै गरिरहे, बात सकिन्छ सानी सम्हाल है यताउता, चुलबुलाउने बानी नत्र हाम्रो मायाको, जात सकिन्छ सानी छलछामको बाहानामा, घमन्डी बन्यौ भने दु:ख पर्दा सुम्सुमाउने, हात सकिन्छ सानी सोच्नु भन्छन बेलैमा, पछुताउनु भन्दा शिशिर छाए जीवनमा, पात सकिन्छ सानी

कबिता: बाडुल्कीको तरङगमा....

बाडुल्की लाग्छ भन्थ्यौ तिमीलाई मेरो सम्झाइमा बिर्सीयौकी के हो कुनी थोरै दिनको बसाइमा न कुनै खबर आयो न त बाडुल्की नै लायो आशाहरु देखाएर निरास पारे जस्तो भयो के थाहा कुनी अर्कै मनले ठुलै आशा छर्योकित बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित किन हुन्छौ सिरीयस हास्न सिक भन्दै मनभित्रको चाहानलाई पुर्ने खाडल खन्दै छोडि गयौ इच्छाहरुलाई काडे तारले बारी मलाई पार्यौ दोधरमा वारी जाउकी पारी न तिम्रो साम्झनाले अन्तै डेरा सर्योकित बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित कहिलेसम्म रोइ बाच्ने पिरै पिर बोकी बुझेर नि नबुझेको जस्तो गर्या हो कि भनी हाल मनको कुरो किन पार्ने गाठो प्रेम पनि हुँदै हो नि जीवनको एउटा पाटो हिर्दयको कुन भित्र मेरो माया मर्योकित बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित

काठमाडौंमा बातावरण प्रदुषण

साझ पर्न साथ एउटा ठुलो जमात हातमा फोहरको पोक बोकेर नजिकैको चोक, खोल, नदीतिर लाग्छ त्यस पोका भित्र सबथोक हुन्छ यनकी भान्सा बाट निस्कने फोहर देखी प्लास्टिक,कागज, काच सबै त्यही तपाईं हामीले मिल्काउने फोहरका पोकाले आज वाग्मती, बिष्णुमतीले बग्न बिर्सेंका छन त्यो नदी तथा चोकमा फोहर मिल्काएर हामीले वातवरण प्रदुषण गरिरहेक छौ भन्ने हामी कमैलाई थाहा छ। बिगत एक दशकदेखी काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरण, यहाँको सडकमा धुवाको मुस्लो फाल्दै हजारौंको सन्ख्यामा दिनहु दौडने पुरना थोत्रा सवारी साधनको चाप,दिनहु जस्तो हुने बिरोध पर्दर्शनले बिरोधको नाममा बाल्ने टाएर, अनाबश्यक रुपमा सवारी साधनले बजाउने हर्न आदिले दिन प्रतीदिन यहाँको बातावरण अत्यासलाग्दो बन्दै छ। वास्तबमै भन्दा काठमाडौंको सडकमा रुमालले मुख नछोपी हिंड्न नसक्ने अवस्था छ। आजकै औषतमा यहाँ पर्दुषण बढ्दै जाने हो भने केही बर्ष भित्र हामीले संघाइ, मेक्सिको सिटी जस्ता शहरलाई पनि पछी पार्ने छौ। फरक यती मात्र हो संघाइ औधोकिकरणले प्रदुषीत बनेको छ भने काठमाडौं तपाईं हाम्रो लपारबाहिले। यसो भनेर हाम्रो राजधानीमा सिमित औधोकिकरणले कती प्रभा

गजल: धेरै भयो....

धेरै भयो मायालुको,चिठी आएन मनको सुख दु:ख साट्ने,मिती आएन फर्की चाडै आउछु भन्थे,अगालोमा बाध्न वाध्यताले फेरी भेट्ने,स्थिती आएन बद्लेक छन पलभरमा,धेरै कुरा यहाँ तिम्रो माया बदल्ने,निती आएन देखेको छु भिडहरु, प्रेमको नाटक गर्ने ममा भने किन यस्तो, रिती आएन अन्तै डेरा खोजेर,बसाइ स-यौ कि त? मेरो दिलमा बास बस्न,अतिथी आएन