एकदिन जवानीको
एकदिन जवानीको,मात सकिन्छ सानी मिठा सपना देखिरहने,रात सकिन्छ सानी केही कुरा मनमा लेउ, तिम्रो राम्रो भन्दा नसुने झै गरिरहे, बात सकिन्छ सानी सम्हाल है यताउता, चुलबुलाउने बानी नत्र हाम्रो मायाको, जात सकिन्छ सानी छलछामको बाहानामा, घमन्डी बन्यौ भने दु:ख पर्दा सुम्सुमाउने, हात सकिन्छ सानी सोच्नु भन्छन बेलैमा, पछुताउनु भन्दा शिशिर छाए जीवनमा, पात सकिन्छ सानी