तिमीलाई के थाहा ..

तिमीलाई के थाहा सानी,चोट यो मनको
क्षणक्षणमा मुर्छा पार्ने, विस्फोट यो मनको

किनार लाग्न पाएनन, मेरा मिठा सपनाले
खरानी भो एक निमेष मै, अठोट यो मनको

हिजो सम्म राम्रो भन्थ्यौ, आज नानाभाती
के पायौ खै अनायसै, खोट यो मनको

आँफैसँग दंग पर्थे, कस्तो युगल जोडी
अन्धकार भित्र रहिछ, छनोट यो मनको

मेरो नजिक नआउ, जाउ अब परपर
बन्द भए तिमी खेल्ने, कोर्ट यो मनको

Comments

Prabesh said…
अन्तिमको लाइन चैँ अलि जबर्जस्ती मिलाउनुभएजस्तो छ । त्यसका बाबजूद पनि गजल एकदमै राम्रो छ !!

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु