गजल -- हारजित भईरहने

हारजित भइरहने माया खेल होइन
परीक्षा लिई छुट्टाउने पास फेल होइन

जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र
हर्ष न विष्मात हुने, कौवालाई वेल होइन

पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो
विश्वास हुन्छ एक अर्कामा जालझेल होइन

गन्तब्य एउटै अनी पाइला सँगसगै
दुर्घटनामा परी जाने लिग छोडेको रेल होइन

समर्पण समझदारी सम्मान हुन्छ त्यहा
केही क्षण मोज गर्न, गरिएको मेल होइन

Comments

Popular posts from this blog

जाबो एक चुम्बन

गजल

कबिता :नआएको भए हुन्थ्यो