गजल: मन भित्र

मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ
सम्झनाको झटारोले गोली हाने सरी जान्छ

खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित
एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ

नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु
आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ

जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ
रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ

भुल्न खोज्छु अतितका मिठा पलहरु
याद आउछ बल्झिएर मन मुटु हरी जान्छ

Comments

Unknown said…
राम्रो गजल प्रवीणजी!
खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित
एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ
गजल राम्रो छ । बिशेष गरि माथिको शेर मन पर्यो ।

Popular posts from this blog

जाबो एक चुम्बन

गजल

कबिता :नआएको भए हुन्थ्यो