गजल:पुराना पत्र

तिम्रो तस्बिर हेरेर, आज फेरी रोएँ
मिठो अतित सम्झेर,आज फेरी रोएँ

बल्झिए घाउहरु,चट्याङ् पर्‍यो मुटुमाथी
आँफैसग दु:खेर, आज फेरी रोएँ

भक्कानिए बिथोलिए,भाबबिभोर भए
अझै प्याला थपेर, आज फेरी रोएँ

हप्ता,महिना, बर्ष बिते,खबर आएन
भलो तिम्रो जपेर, आज फेरी रोएँ

आँखाभरी सुनामी झै, याद उर्ली आयो
पुराना पत्र पढेर, आज फेरी रोएँ

Comments

मतलामा रहेको 'पढेर 'आवश्यक छैन कि जस्तो लाग्यो । शेरहरु र समग्र गजल मिठो छ ।
धन्यवाद दिनेश जि! यो कपि र पेस्ट गर्दा गल्ती भएछ । लौ सच्चाए ।