गजल: भन्छिन आज--

भन्छिन आज माया गर्न जानिन रे मैले
उनी माथि कर्के नजर हानिन रे मैले

लजाउदै रातो भई गोधुलिमा भेट्न आउँदा
मेरो समिप आउ भनी तानिन रे मैले

जुन टिपी ल्याउन सक्छु तिम्रो लागि भनी
प्रिती गास्ने नौलो चलन धानिन रे मैले

भुलेर उनको मुस्कानमा स्पर्श बिनानै
कुनै क्षण अगालोमा बानिन रे मैले

जल्दो बल्दो जवानी,तृष्णा मनको मेटाउन
जाबो एक रात सगै काट्न मानिन रे मैले

Comments

Unknown said…
धेरै राम्रो गजल !!
हैन हो कती राम्रा अनी कती आएको हो कुरा पनि। तपाईंको कला भनु वा लेख्ने शैली एकदमै राम्रो लाग्छ हो मलाई। राम्रा राम्रा कुरा हरु अझै पढ्न पाउ है।
Basanta said…
साह्रै रोमाण्टिक गजल लेख्नुभयो प्रवीणजी! वाह! वाह!!