गजल: जीवन

धेरै भयो यो मस्तिस्क शुन्य प्रा:य भएको, दिनभरिको कामको चापले थाकेर मन न बहलिन पाएको छ, न कुनै सिर्जनाले गर्भधारण गर्न पाएको छ,आज शनिबार केही क्षण फुर्सद मिल्यो अनी कनी कनी भएपनी यो गजल लेखे, हुनत कता कता आँफैलाई चित्त बुझ्दो छैन तरपनी संगम पनि तृषित छ निकै दिन देखी र यो टासो मन लागि नलागी भनेपनी टासेको छु।

नोट: मैले हाम्रो संस्कृती र भेष भुषाको अबमुल्यन गर्ने अभिप्रायले यहाँ केही शब्द प्रयोग गर्न खोजेको होइन, यदी कसैको हिर्दयमा ती शब्दहरुले चोट पुर्यायमा क्षमा प्राथी छु।
मेरो जीवन भारी बिनाको भरिया भएछ
जताततै प्वालै प्वालको फरिया भएछ

हुने नहुने सब गरे मात्र आफु खुशी हुन
सत्य हजुर आज चिसो चिया भएछ

हाँसखेल ठट्टामा कती बर्षा बिते बिते
आखिर जीवन घाऊ लागि छिया भएछ

पराइ यसै टाढा आफन्तकै वास्ता छैन
जीवन कतै रोप्न नमिल्ने बिया भएछ

यसरी नि जीवन सड्ला थाहै थिएन
टिटानस नै लगाइदिने खिया भएछ

Comments

Popular posts from this blog

जाबो एक चुम्बन

गजल

कबिता :नआएको भए हुन्थ्यो