अनौठौ रहेछ यो जिन्दगीपनी हतारै हतारमा धेरै कुरा गर्नु पर्ने- एउटा नाटक तर बुझ्नै नसकिने कथामा आधारित अनी यो जिन्दगीको पल पलमा यो मन कहीले धार्नी त कहीले पाउमा परिणत हुदोरहेछ के मात्र सोच्न भ्याउदैनर यो मनले राम्रो नराम्रो सबै सबै। यही भ्याइ नभ्याइको हाम्रो सोच भित्र जिन्दगी छ अनी यही जिन्दगी भित्र कसैलाई भेटाउनु छ कसैसग बिछोडिएर, कसैलाई माया त कसैलाइ धोकाले सजाउनु छ ,कसैलाई स्वागत त कसैलाई बिदाइ ,कहीले रमाउनु छ त कहीले तड्पिनु। मैले पनि यो समयको अन्तरालभित्र मेरी निता प्रति राम्रो नराम्रो सोच बनाए होला र त्यहि मनोगत सोचाइको एउटा परिणति थियो मेरो निर्कर्ष उनी अब मबाट टाढिन प्रयासरत छिन्। दिनहरु बित्दै गए समयसगै उनका स्मरणहरु क्रमश: पातलिन थाले तापनि मनले बिर्सन सक्ने त कुरै भएन। मन सम्झनाले पल पल ब्याकुल बनेर उनकै बोली सुन्न आतुर भएपनी भौतिक दुरता अनी अन्य हजारौं कारक तत्वले गर्दा मेरा इच्छा चाहानालाई मनभित्रै दमित गर्नु पर्ने बाध्यता थियो। महिना १५ दिनमा उनीलाई फोन गर्थे तर उनी मलाई पापी, फटाहा यस्तै उपधीले त्यो क्षण सुसज्जित बनाउथिन साच्चै म उनको नजरमा नराम्रो बनिसकेको थिए। जब उनी त...