गजल

केही भएमा मलाई अर्कै नाता गास्नु काली
नआत्तिनु दु:ख पर्दा सधै भारी हास्नु काली

धेरै हल्ला जोरिपारी छरछिमेकमा चल्ला
सत्य कहिल्यै डग्ने छैन मन उकास्नु काली

हजार पिंडा सगालेर जित्नुपर्छ जीवन
बाधा अड्चन गोरेटोको सबै मास्नु काली

भाबनामा कहिलेकाही मन पोखिन खोजे
सम्हालिन मेरो फोटो छात्तिमाथी टास्नु काली

Comments

Popular posts from this blog

कबिता :नआएको भए हुन्थ्यो

जाबो एक चुम्बन

गजल: अरुले झै --