गजल

शेरे,माधव,प्रचन्ड बोकाको कुरा नगर साथी
उनका धन दौलत पोकाका कुरा नगर साथी

गाँस,बास,कपास छैन जनताको झुपडिमा
मजदुर, किसान भोकाको कुरा नगर साथी

जताततै अस्तब्यस्त झन संकट थपिदैछ
भ्रष्टचारी भए सबै चोखाको कुरा नगर साथी

गरियो धेरै आन्दोलन आस्वासनमा परियो
सम्झे छात्ति पोल्छ धोकाको कुरा नगर साथी

बिघ्न बाधा धेरै सह्यौ परिवर्तन हुन्छ भनी
पैतलामा उठेका फोकाको कुरा नगर साथी

Comments