गजल


डेरा खाली थेन की दिलको घरमा
की अटाइन सानु तिम्रो शहरमा

भन्थ्यौ बिश्वास गर्छु आफ्नै भन्दा बढी
कहिल्यै किन परेनौ मेरो भरमा

छातीमाथी हात राखी खान्छु कसम
जे गरे बाध्यता हो हैन रहरमा

बोल्दैनौ राम्रोसग के भाको छ कुनी
देख्दिन नी लाली गुलाबी अधरमा

धनी गरीब सोध खोज किन गर्छौ
मायाको मोलतोल हुन्छर दरमा




Comments