गजल

लुकाई दु:ख भित्र खुशी मनाउनु पर्‍यो
उनको जित आफ्नो हार रमाउनु पर्‍यो

जिन्दगीको रित रे दु:ख सुख छुट भेट
भन्दै आफ्नो मन आफैले फकाउनु पर्‍यो

समाजमा मेटिन्छ बाउको इज्जत भनि
चोखो प्रेम दाउमा राखी डराउनु पर्‍यो

बेदनाको ज्वालाले पोलिरहदा हिर्दय
नसकेनी मैले मन बहकाउनु पर्‍यो

नौमती बाजा बजाई अर्कै आउँदा लिन
दिलको राजा यिनै भनि सजाउनु पर्‍यो

Comments

Popular posts from this blog

कबिता :नआएको भए हुन्थ्यो

जाबो एक चुम्बन

गजल: अरुले झै --