गजल
सुमन बँगाले + प्रबिण थापा      साँझपख एकान्तमा याद बनी आउछौ सधै  मुहार बदली प्यार बनेर सताउछौ सधैं   भाचेर डाली फूल चुडेर चुल्ठो सजाउनेले  बासुरीको मधुरीमा सुर बनी गाउछौ सधै   कहीले माया साचो त कहीले झुटो तिमीलाई  बिझ्योकी मुटु भनी सियोले घाउ लाउछौ सधै   रातभरी हुरी चल्दा ठेगान नहुदा बासको  एकमुठी स्वास लिन निदरीमा धाउछौ सधै   छलकपट पापी मनको दैबले नै जानोस  पिडा दु:ख र दर्दमा मात्र किन छाउछौ सधै