गजल
जुनेली रात जुनको हुन्छ हुदैन ताराको  माया प्रिती एउटाको हुन्छ हुदैन साराको   भन्थे म त जुग जाने माया लाउने हजुर  लाइएछ माया अन्जानैमा अल्लारे पाराको   सुखमा राख्ने खुशीले पाल्ने देखाई सपना  भाको जति लुटेउ,चुटेउ म कर्म हाराको   ठानेर आफ्नै गरेर विश्वास बेहोशी मै थिए  पाइन पत्तो पासोको लागि थापेको चाराको (चारो)   भत्कायौ घर डुबायौ जीवन आएर बैगुनी  तिमीलाई लाग्छ श्राप मेरा आशुका धाराको