गजल

जुनेली रात जुनको हुन्छ हुदैन ताराको
माया प्रिती एउटाको हुन्छ हुदैन साराको

भन्थे म त जुग जाने माया लाउने हजुर
लाइएछ माया अन्जानैमा अल्लारे पाराको

सुखमा राख्ने खुशीले पाल्ने देखाई सपना
भाको जति लुटेउ,चुटेउ म कर्म हाराको

ठानेर आफ्नै गरेर विश्वास बेहोशी मै थिए
पाइन पत्तो पासोको लागि थापेको चाराको (चारो)

भत्कायौ घर डुबायौ जीवन आएर बैगुनी
तिमीलाई लाग्छ श्राप मेरा आशुका धाराको

Comments

Popular posts from this blog

कबिता :नआएको भए हुन्थ्यो

जाबो एक चुम्बन

गजल: अरुले झै --