पूजा गरे, प्राथना गरे भगवानसग हाम्रो प्रेम अजर, अमर रहोस् भनेर कर्तब्य भुलिदिए दायित्व बिर्सिदिए जीवन उनकै लागि भनेर तर, उनी भने मसग चाहाना गर्दो रहेछिन जाबो एक चुम्बन! मन पुरै खोलेर पहिल्यै भनेको भए धेरै चुम्बाहरू बर्षाइदिन्थे सारा शरीर ओठका नीला डामले कतै खाली नहुने गरि छताछुल्ल पोखिन लागेको बेला कति जतन गरि जोगाइ राखे संकटको घडिमा ज्यानै बाजी थापेर आफै अगाडी पसे बेदना र पिंडामा छटपटाउदा मलम पट्टी लगाए आफ्नो सर्बस्व गुमाए न उनलाई पाए न अरु केही आफ्नो बनाए हुन त! के नै गर्ने हो र? जाबो एक चुम्बन त दिन नसक्ने नामर्दले !! सलाइ कोरेर बारुद नसल्कदै खरानी बने झै जादुमय देखासिकी प्रेम गर्ने यो बेला भमराले फूल नभै फूलले आफै भमरा खोज्ने समय पोलेको घाउले होईन आगोले मलम खोज्ने यो २१ औ शताब्दी समयले मारेको फड्को बिज्ञानले गरेको प्रगति डार्बिनका, बाँच्नको लागि संघर्ष अनि सक्षम नै बाँच्ने भन्ने सिद्धान्तले को भन्दा को कम भन्दै भिडहरू माझ सक्षम बन्ने उत्तेजनाले मेरी प्रेमिकालाई पनि छोयो होला त्यसैले, कलीको ...
अरुले झै आकाशको तारा गन्न सकिन जिउने मर्ने सँगैसँगै भन्न सकिन तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी ऐया भन्दै नाटक गरी कन्न सकिन सत्यताको पछी पछी यथार्थमा दौडिरहे तिमीले जस्तै झुट बोल्न धन्न सकिन रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी बैगुनिलाई पुर्ने खाडल खन्न सकिन
बेखबरलाई खबर बनाएर अखबारहरु रङगाउन अक्षरहरु पड्काउन बुद्धको धुजी उडाउन सगरमाथाको शिर नुगाउन उही पुराना कुरा,पुरानो भाषण प्रजातन्त्रको नाममा निरंकुश शासन उस्तै आतंक,पुरानै भ्रष्टचार उही हत्या,हिंसा, बलत्कार बिक्रिती नै बिकृतिको आयतन बढाउन अधिकारको नाममा सभ्यता बिर्साउन नआएको भए हुन्थ्यो यो नयाँ बर्ष। बाँच्ने आशाहरु देखाउदै पल पलमा मार्नलाई जितको मिठो आश्वासनमा सधैं हार्ने पार्नलाई बेश्रीङ्खलित बाटाहरुमा श्रीङ्खलाबद्ध पिंडा छर्न परिचित घुम्तिहरुसँग अपरिचित भएको नाटक गर्न हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै मनका उच्छबासहरुलाई कैदी बनाउन सपनाहरुलाई लास बनाउदै मसानघाटमा रमाउन शुन्यता भित्र जुरमुराउदै विश्वाशको यथार्थतालाई कुल्चेर अन्धबिश्वाससँग लुकामारी खेल्न सम्भाबित दुर्घटनाको आधारशिबिरबाट लामो मानबताको खडेरी बोकेर नआएको भए हुन्थ्यो यो नयाँ बर्ष। नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।
Comments