पूजा गरे, प्राथना गरे भगवानसग हाम्रो प्रेम अजर, अमर रहोस् भनेर कर्तब्य भुलिदिए दायित्व बिर्सिदिए जीवन उनकै लागि भनेर तर, उनी भने मसग चाहाना गर्दो रहेछिन जाबो एक चुम्बन! मन पुरै खोलेर पहिल्यै भनेको भए धेरै चुम्बाहरू बर्षाइदिन्थे सारा शरीर ओठका नीला डामले कतै खाली नहुने गरि छताछुल्ल पोखिन लागेको बेला कति जतन गरि जोगाइ राखे संकटको घडिमा ज्यानै बाजी थापेर आफै अगाडी पसे बेदना र पिंडामा छटपटाउदा मलम पट्टी लगाए आफ्नो सर्बस्व गुमाए न उनलाई पाए न अरु केही आफ्नो बनाए हुन त! के नै गर्ने हो र? जाबो एक चुम्बन त दिन नसक्ने नामर्दले !! सलाइ कोरेर बारुद नसल्कदै खरानी बने झै जादुमय देखासिकी प्रेम गर्ने यो बेला भमराले फूल नभै फूलले आफै भमरा खोज्ने समय पोलेको घाउले होईन आगोले मलम खोज्ने यो २१ औ शताब्दी समयले मारेको फड्को बिज्ञानले गरेको प्रगति डार्बिनका, बाँच्नको लागि संघर्ष अनि सक्षम नै बाँच्ने भन्ने सिद्धान्तले को भन्दा को कम भन्दै भिडहरू माझ सक्षम बन्ने उत्तेजनाले मेरी प्रेमिकालाई पनि छोयो होला त्यसैले, कलीको यो लिलामा मेरी उनीको पनि के दोष
उ आँफैलाई भन्दै थियो रमेश आज त सगै के छैन? जागिर छ, परिवार छ, आफुलाई भन्दा बढी माया गर्ने निता छे, गाँउ समाजमा चर्चा परिचर्चा त्यरै छ रमेशको मन खुशीले उर्लिएको थियो। यतिखेर उ आँफैभित्र हराएको छ,कोठाको झ्यालको शिशाबाट संसार चिहाउछ। आकाश निर्मल छ, मौसम सामान्य छ, बातावरणमा शुन्यता छ, बोल्ने साथी कोही छैनन , कोठाको एउटा कुनामा टेलिभिजन, अर्को कुनामा रेडियो अनी त्यससगै टासिएको बिछ्यौना जुन आज उसको आत्मिय साथी बनेको छ, उसका सबै दु:ख सुख, बाध्यता बिबशता बुझेको छ र उसग कहिल्यै रिसाउदैन यो। उ यसलाई खाद्छ, माड्छ वास्तवमै धेरै अन्याय सहेको छ यसले तरपनी आजसम्म अह एक शब्द पनि भनेको छैन किनकी यसले बुझेको छ रमेश बिना रित्तो हुनुपर्छ भनेर तर यसले यो पनि बुझेको छ रमेश एकदिन उसलाई छोडेर टाढा टाढा जानेछ फेरी कहिल्यै नफर्कने गरी र पनि उ आज खुशी छ र त पलपलमा साथ दिदै छ, यसले आफ्नो अस्तित्व बुझेको छ, जुनसुकै चुनौती व्यहोर्न तयार छ मात्र रमेशको खुशीमा किनकी आज यसले अती माया गर्छ रमेशलाई। यतिखेर रमेश यही बिछ्यौनामाथी टोलाउदै छ जसले उसलाई जीवनकै सुन्दर क्षणहरुमा साथ दिएको थियो अनी उसका सपनाहरु एकाएक आकाशी
Comments