गजल

दुई मुटु एक गरि जोड्ने कुरा भाछ
दुई बाटो एकै तिर मोड्ने कुरा भाछ

जात पात सानो ठुलो हटाएर सारा
हाम्रो प्रेम नमुना छोड्ने कुरा भाछ

भित्र भित्र गुम्सिएको सारा खुशिलाई
छताछुल्ल पार्न बाध फोड्ने कुरा भाछ

अज्ञानता रुढिबादी समाजको जालो
बिक्रिती बिसंगती तोड्ने कुरा भाछ

मानबताको सुन्दर बिऊ उमार्नलाई
अब सगै फूलबारी गोड्ने कुरा भाछ

Comments

Popular posts from this blog

कबिता :नआएको भए हुन्थ्यो

जाबो एक चुम्बन

गजल: अरुले झै --