गजल

जब राति हुन्छ अनि यादको ताँती हुन्छ
मुटु ढुक्क फुल्छ मनमा नानाभाती हुन्छ

आजभोलि सपनिमा बर्बराउने गर्छु अरे
छामी हेर्यो यता उती दु:खेको छाती हुन्छ

देखेपछी माया मोह नदेख्दा को हो को हो
अब तिम्रो मेरो भेट नहुनुमै जाति हुन्छ

धेरै थरी फूलहरु फुलेपनी बगैचामा
यी नजरमा फूल्ने फूल सबै पाती हुन्छ

खै यो पापी संसारमा कसको विश्वास गर्नु
जानिजानि नियतले मान्छे घाती हुन्छ

Comments