गजल

होईन तपाइलाई पनि कहिलेकाही त यस्तै लाग्दो हो होईन त? यो रहस्यमय जिन्दगी देखि।  जिन्दगी यता मिलायो उता बिग्रन्छ। यसो गर्‍यो उसो गर्‍यो जहिले पनि हात लागे शुन्य अब त केही हुन्छ की भन्यो भा'को केही होईन। सुत्ने बेला भोलिदेखी त केही गर्छु भन्ने प्रण गर्‍यो बिहान उठ्यो हाई गर्‍यो सुत्नु अघिको प्रण खत्तम। जसरी बुझ्यो त्यस्तै यो जिन्दगी। सूख माने सूख,दु:ख माने दु:ख जिन्दगी भित्र के छैन संसार छ र पनि फेरि शुन्य जस्तो लाग्ने त्यसैले आउनुस् यो साँझ तपाइहरू पिउने नपिउने सबैलाई निम्तो पिएर जिऔ,रमाइलो गरौ। एकछिन हाँसौ पिंडा पन्छाएर। लौ जा पिउने होईन त चेस्स्स्स्स्स्स्स!!!!!!खुस्केछ केटो को नभन्नु नी फेरि। सब होस मै हो अझै पीइ सकेको छैन् हाहा हा हा


खाली गिलास भरिन्छ चेस गरिन्छ
आजको रात जे पर्ला फेस गरिन्छ

स्वतन्त्रतामा मेरो भाजो हाल्नेलाई
अदालतमा गएर केश गरिन्छ

आयोग बन्छ छानबिन गरिन्छ
प्रतिबेदन लेखेर पेश गरिन्छ

जितु वा हारौ जिन्दगी हो केनै भो र
अनुभब कै लागि नि रेस गरिन्छ

Comments

Popular posts from this blog

कबिता :नआएको भए हुन्थ्यो

जाबो एक चुम्बन

गजल: अरुले झै --