मुक्तक

सुनौला सपना सबै नमरेको भए
शिशिर छाइ जीवनको पात नझरेको भए
पराईको फूलबारिमा नफुलेको भए
आउथीन पक्कै भेट्न भनि नभुलेको भए

आँशु बर्षीरहन्थे रोएर नसकिएको भए
छातीमा हात राख्ने थिन मुटु नबिझेको भए
अनुरागी बनिरह्न्थे साथ तिम्रो पाइने भए
धेरैसग माया लाउथे लाएर लाइने भए

गला छोइ,देबी भाकी कसम नखाएको भए
किन आज बहकिन्थ्यो मन प्रिती नलाएको भए
झुटै भएनी विश्वाशको किरण नछरेको भए
सार्थे म पनि अर्कै फूल नसरेको भए

Comments