गजल:विश्वाश मर्यो--
विश्वाश मर्यो अबिश्वासको जरा मौलाउँदै छ मेरो प्रेम, कथा भयो हल्ला फैलाउँदै छ ठान्यौ तिमीले अहोभाग्य अरुलाई चोट दिनु सुन्दर एउटा बस्तिमाथी स्तब्धता छाउँदै छ मुलबाटो भुलीगयौ स्वार्थको ओरालोमा मरुभुमिमा मुल फुटाउछु भनी बौलाउँदै छ आश्वासनका खोलासगै तिमी बगेपछी फूल फूलाउँछु पत्थरमा भन्दै टोलाउँदै छ पर्दाफास भो सबको सामु चरित्रमा दाग लाग्यो खुच्चिम भन्दै शत्रुले नि ताली बजाउँदै छ