खोइ कहाँ छ म हुनुको अस्तित्व?
मेरो थर तिम्रो भर तिम्रो, यो घर तिम्रो, डर तिम्रो, सबै कर तिम्रो, रहर तिम्रो, खोइ कहाँ छ म हुनुको अस्तित्व? तिम्रो खुशीको लागि मैले के गरिन? सयौं झुट बोले आफन्तलाई पराई बनाए दु:ख छाती भित्र लुकाएर अबोध बालक जस्तै बनेर रमाए कुनै एउटा रोबर्टले झै तिमीले जे भन्यौ त्यहि गरिरहे मेरा इच्छा चाहाना नसुनी तिमीलाई जसरी मनपर्छ जहीले मन लाग्छ त्यतिबेला ढुक्क भएर हिजो पनि खेल्थ्यौ आज पनि खेलेकै छौ शायद भोली पनि यसरी नै खेल्नेछौ मेरो स्वतन्त्रता हिजो पनि थिएन, आज पनि छैन र भोली पनि हुदैन की भन्ने त्रास छ यही भबिश्य तिरको कालो बादलले ढाकेको सगर हेरेर एकान्तमा म दुख्छु, रुन्छु, रिसाउछु आफैसँग र भन्छु खोइ कहाँ छ म हुनुको अस्तिव?