कथाः सम्झौता
सुमन बगाले यो कस्तो समय आयो आज यो चन्द्रमानै झरेर थिचेजस्तो गरि यो शरिर दुखेको छ । यो सुर्य नै फुटेजस्तो गरि मन पोलेको छ तैपनि सामाजीक नैतिकतामा अल्झेर पुर्णिमाको जुन बन्नु परेको छ । समय नै यस्तै रहेछ । मनभरि सपना बुनेपनि यो पापी समयले लथालिङगपारिदिन्छ जुन सपना वास्तविकता भन्दा एक सेकेण्डपनि अगाडी जान सक्दैन । मानेकी त थिइन रे गितापनि तर के गर्ने परदेशीको के भर हुन्छ रेली मै गित जस्तै बहकिने परेदेशीनेहरुको बेदना कसले बुझिदिने कसैको मिलनले कसैको ह्दयको तार छिन्छ भन्ने ख्यालै नगरि गितालाइ शम्भुदाइको हातमा दिएछन । अहिले एकदम खुशी छिन रे । हुनपनि पर्यो नि त्यो निश्ठुरी परदेशीलाइ श्राप नै लाग्दो हो घरपछाडी करेसामा बाबा आमाको आँखा छलेर लुकी लुकी तस्वीर हेर्न बाध्य बनाउने मोरा जिन्दगी भरिलाइ चोट परिजाओस । कसले बुझिदिने प्रतिक्षाको घडी कति कष्टकर हुन्छ भनेर । गाइ चराउदा साटेको रुमाल टाउकोमा उस्तै गरि बाधिदिदा सय डिग्रीको ज्वरो आउदापनि टाउको नदुख्ने खालको चोखो माया साट्ने परदेशी खै कुनी के लोभमा लागेर मायालुलाइ बिर्सिदिने अनी घरमा हुर्किएकी छोरी पालेर कस्ले पो राखीदिन्छन् र? तिन स