प्राणप्रिय नानु(निता) हिर्दयभरीको न्यानो माया, जिन्दगीको यो अनौठो कुरुक्षेत्रमा थाहाछैन कसरी म आफुलाई होमिरहेको छु अनी मलाई यो पनि थाहाछैन मेरा मनका उच्छबासहरु कसरी पोखिने छन् यी जिन्दगिका अपत्यारिला घुम्तिहरुमा। तिम्रा नयनहरुले कसरी मलाई टिका टिप्पणी गर्लान, निकट भबिश्यमा मेरो जिन्दगी माथि खग्रास सुर्यग्रहण लाग्ला वा पुर्णिमाको सुकिलो जुनको आगमन होला। मेरो जिन्दगीको यो अनौठो परिक्षणले एउटा अमिट स्तम्भ खडा गर्ला वा सबै अनुभबहरु खरानी बनाउला तर यो भने सत्य हो तिमिसग बिताएका प्रत्येक पलहरु कलजयी हुनेछन अनी तिमीले पोखेका मायाका उपहारहरु अजर अमर रहनेछन। पत्र लेख्नु पर्ने बिशेष कारणहरु त केही पनि थिएन तर पनि बेखबरहरु पनि खबर बनेर मस्तिष्कमा छरपष्ट बनेर उम्रेका छालहरुलाई किनारा लगाउन, मन ब्याकुल बनेर निस्सासिदै आएकोले आफ्नै मुटु निचोरेर नयनको आँशुहरुले हिर्दयको टुक्रामा तिमीप्रती समर्पित भएर यी मनका उकुश मुकुस लाई एकैचोटी तिमी सामु पुर्याउन यी शब्दहारहरु बुन्दै छु। चाहाना थियो तिमिसगै खोक्रो समाजको निक्रिश्ट आबरणमा परिबर्तनको बिगुल फुक्ने, समाजमा बिद्यमान अन्धाधुन्ध र अबैज्ञानिक परम्परा...
Posts
गजल
- Get link
- X
- Other Apps
फुल्नु तिमी चुडी माला उन्दिन भो मैले तिमी बग्ने नदीलाई थुन्दिन भो मैले तिम्रा आफ्नै रोजाइ, रहरहरु होला मनमा मिठा सपना बुन्दिन भो मैले भत्केका यी जिन्दगिका सिलसिलाहरु मिलाएर फेरी तान तुन्दिन भो मैले हुने नहुने सब भयो बाँकी के रह्यो? दुनियाँका कुरा अब सुन्दिन भो मैले समय नै रहेछ औषधी जिन्दगीको कति हासो कति पिडां गुन्दिन भो मैले
केल्ले सक्छ चिस्याउन
- Get link
- X
- Other Apps
सकिन नी कसैगरी तिमीलाई बुझाउन बर्षिरहन्छ आँशु मेरा सिरानी भिजाउन भुकम्प नै नआइकन जीवन ढलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी नहाँस भन्यौ हाँस्ने मुख सीईदिए पिउ बिष भन्यौ खुशिसाथ पीईदिए आगोलागी बिना नै दिल बलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी हजार बिन्ती गरे सुनेनौ केही गरि आखिरमा बनाइ छाड्यौ चुरा चुकेसरी बिना बतास यता उता मन चलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी हिड्दिन भो पैरो गाको बाटो भन्दा भन्दै बाहिर टाली हिड्यौ भित्र खाडल खन्दै कुराएर दोबाटोमा बाटो बदलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी
बुझी नसक्नु को यो जिन्दगी
- Get link
- X
- Other Apps
गहभरी आँशु टलपलाउदै जिन्दगिका गालाहरु लतपतिदै तप्प तप्प भुइमा खस्दै छ, यो साझ निलो आकाशको आगनमा हाँस्दै एक तमासले दौडिरहेको चन्द्रमालाई हेरेर जिन्दगि भरका सबै दु:ख एकसाथ भुलेर चन्चले बालक जस्तै बनी उफ्रन मन लागेको छ। धेरै दिन धेरै रात जिन्दगीको बिगत भित्र बगेर, कहीले एक्लै रोएर, कहीले एक्लै रमाएर बिताएका पलहरु, आफ्नै मन भित्र गुम्सिएर रहेका स्मृतिहरुलाई पाखा लगाएर एकैछिन भने पनि पागल जस्तै बनी हास्न मन लागेको छ। जीवनलाई सहि तरिकाले कहिल्यै अनुभुती नगरेको मान्छे म आज यसलाई आफैभित्र समाहित गरेर चेतनाले उचाल्न मन लागेको छ। सप्ताहा अन्त्यको यी दिनहरु त्यसै पनि उराठिला लाग्छन मलाई त्यसमाथी चाडपर्ब पनि गासिएर बिदा लम्बिएको छ। ३ दिन भयो लगातार हावा हुरी चलिरहेको छ, घुम्न जाने पनि कहाँ यो बिदेशको बसाइ। न आफ्नो साधन न मोज मस्ती गरेर हिंड्न सक्ने औकात। भौतिक रुपमा आरामै भएपनि मनका सबै कसौडीहरु भने पिडाले टम्म भरिएका छन। अह! काम केही गरेको छैन तरपनी जिउ शिथिल छ,अनुहार धमिलो बनेको छ अरुले थाहा पाउलानकी भनेर बेला बेला सकी नसकी हासोको नाटक गरेकै छु । आफ्नै अन्तर आत्मासग गन्थन मन्थन गर्दै खुशी बेखुश...
गजल
- Get link
- X
- Other Apps
हुदैन होला सानु तिम्रो मेरो भेट अब दिलमा सजाएको मेरो नाम मेट अब तिम्रो मेरो मेरो तिम्रो हुन्थ्यो हिजोसम्म एक अर्कामा खोलिदैन मन पेट अब धमिलिन्छ तिम्रो इज्जत म दुखीले गर्दा नबोकेको राम्रो बेकारको झमेट अब जिउदो लास बनिसके तिम्रो कारणले म कुनामा परेको छु हुन्छ अचेट अब के भनु र मैले स्वार्थ तिम्रो स्वार्थी संसार बाँकी के नै रह्यो र आउ घाटी रेट अब
कथाः सम्झौता
- Get link
- X
- Other Apps
सुमन बगाले यो कस्तो समय आयो आज यो चन्द्रमानै झरेर थिचेजस्तो गरि यो शरिर दुखेको छ । यो सुर्य नै फुटेजस्तो गरि मन पोलेको छ तैपनि सामाजीक नैतिकतामा अल्झेर पुर्णिमाको जुन बन्नु परेको छ । समय नै यस्तै रहेछ । मनभरि सपना बुनेपनि यो पापी समयले लथालिङगपारिदिन्छ जुन सपना वास्तविकता भन्दा एक सेकेण्डपनि अगाडी जान सक्दैन । मानेकी त थिइन रे गितापनि तर के गर्ने परदेशीको के भर हुन्छ रेली मै गित जस्तै बहकिने परेदेशीनेहरुको बेदना कसले बुझिदिने कसैको मिलनले कसैको ह्दयको तार छिन्छ भन्ने ख्यालै नगरि गितालाइ शम्भुदाइको हातमा दिएछन । अहिले एकदम खुशी छिन रे । हुनपनि पर्यो नि त्यो निश्ठुरी परदेशीलाइ श्राप नै लाग्दो हो घरपछाडी करेसामा बाबा आमाको आँखा छलेर लुकी लुकी तस्वीर हेर्न बाध्य बनाउने मोरा जिन्दगी भरिलाइ चोट परिजाओस । कसले बुझिदिने प्रतिक्षाको घडी कति कष्टकर हुन्छ भनेर । गाइ चराउदा साटेको रुमाल टाउकोमा उस्तै गरि बाधिदिदा सय डिग्रीको ज्वरो आउदापनि टाउको नदुख्ने खालको चोखो माया साट्ने परदेशी खै कुनी के लोभमा लागेर मायालुलाइ बिर्सिदिने अनी घरमा हुर्किएकी छोरी पालेर कस्ले प...
खोइ कहाँ छ म हुनुको अस्तित्व?
- Get link
- X
- Other Apps
मेरो थर तिम्रो भर तिम्रो, यो घर तिम्रो, डर तिम्रो, सबै कर तिम्रो, रहर तिम्रो, खोइ कहाँ छ म हुनुको अस्तित्व? तिम्रो खुशीको लागि मैले के गरिन? सयौं झुट बोले आफन्तलाई पराई बनाए दु:ख छाती भित्र लुकाएर अबोध बालक जस्तै बनेर रमाए कुनै एउटा रोबर्टले झै तिमीले जे भन्यौ त्यहि गरिरहे मेरा इच्छा चाहाना नसुनी तिमीलाई जसरी मनपर्छ जहीले मन लाग्छ त्यतिबेला ढुक्क भएर हिजो पनि खेल्थ्यौ आज पनि खेलेकै छौ शायद भोली पनि यसरी नै खेल्नेछौ मेरो स्वतन्त्रता हिजो पनि थिएन, आज पनि छैन र भोली पनि हुदैन की भन्ने त्रास छ यही भबिश्य तिरको कालो बादलले ढाकेको सगर हेरेर एकान्तमा म दुख्छु, रुन्छु, रिसाउछु आफैसँग र भन्छु खोइ कहाँ छ म हुनुको अस्तिव?
गजल
- Get link
- X
- Other Apps
शुन्यता भित्र आशा भर्नुको मजा बेग्लै कसैको बिश्वासमा पर्नुको मजा बेग्लै भएपनी सुख दु:ख जिन्दगीको रित दशा साढेसातको टर्नुको मजा बेग्लै परेलिका डिलमा आँशुले सजाएर अभिनय हाँसोको गर्नुको मजा बेग्लै जतिनै कठीन होस उक्लन पहाड शिखरमा चुमेर झर्नुको मजा बेग्लै नटुटिने साथ, नछुटिने हात भए भङ्गला बीच नदी तर्नुको मजा बेग्लै
फर्कदै छु
- Get link
- X
- Other Apps
पश्चिमी क्षितीज पहेलिएर घाम अस्ताउनै लाग्दा आज पनि तिम्रो सम्झनामा चसक्क छाती दुखेर आयो सपनी पनि नराम्रो देखेको छु मन त्यसै डराइ रहेको छ खोइ धेरै दिन बितिसके न कुनै खबर पठाउछौ न फोनमा नै भेटिन्छौ थाहा छ मेरी प्रियतमा मेरो अनुपस्थितिमा समाजले तिम्रो चरित्र माथी औंला उठाउदै होला आफन्त भन्नेहरुले नै नानाभाती कुरा काट्दै होलान तिमी चुपचाप यी सब सहदै छौ हजार पिडाहरु लुकाएर हाँसोको अभिनय गर्दै छौ अब त बर्षा लाग्यो बाली लगाउने बेला कामको बोझले कति थकित बन्दैछौ होला रातभर जवानीले काउकुती लागाउछ होला कति रात अनिदै ढलेका पनि होलान हाम्रा ती सगैका सुमधुर रातहरु, अनी एक अर्काको आलिङगनमा एक भई कसिएको झझल्कोमा मेरा पनि प्रत्येक पलहरु छटपटीमै बित्दै छ आजभोलि यहाँ सबथोक छ र पनि म रित्तो छु, सम्पन्नता छ तर सुख छैन, यहाँ मेरो मात्र छ हाम्रो केही छैन तिमी बिनाको यो दुनियाँ साँच्चै अकल्पनिय, अशोभनिय र अनियन्त्रित बन्दै छ मेरो त्यसैले आफुलाई सम्हाल्न फेरी अतितको स्मरण ताजा गराउन तिम्रै काखमा हास्न, नाच्न, रमाउन हाम्रो मायाको सुन्दर फुल फुलाउन आफ्नै संसारमा चाडै ...
म बिहे गर्दिन
- Get link
- X
- Other Apps
आजभोलि खाना खाना भान्सामा छिर्यो की आमा कचकच गर्न थाल्नुहुन्छ, बाबु उमेर ढल्किसक्यो,नाती नातिन खेलाउदै रमाउने यो बेलामा तेरो भने यो चाला छ। सगैका साथी सँगी, गाँउघर छरछिमेक दुनियाँका छोराछोरी सबैको बिहेबारी भैसक्यो हामी त डाँडा माथिका घाम अब अस्ताउने बेला पनि हुन लाग्यो, मर्नु भन्दा पहील्यै तेरो विवाह गरिदिन पाए यो मनमा सन्तोष मिल्थ्यो,हामीलाई स्वर्ग जाने बाटो खुल्थ्यो यस्तै हजार कुरा म चुपचाप आमाको कुरा कुनै प्रतिक्रिया बिना सुन्छु। उता बाबाको कुरा पनि त्यस्तै छ,कता पल्लो गाँउको कप्तानको छोरी छिन रे ,माख्ला घरे साइला हजुरबुबा मार्फत केही दिन अघि मात्र विहेको लागि प्रस्ताब पनि आको थियो रे। केटी शुशिल छे, कुल घरान की छोरी, बि ए पास गरेकी एकपटक हेर्न जा न बाबु हेर्दैमा के बिग्रिजान्छ र? त्यो मन नपरे अर्को हेरौला, उता पारी गाँउको गोपे बुवाले पनि तेरै बारेमा कुरा गर्दै थिए। केटी रोजेर पाईन्छ एउटा नभए अर्को तर यसपाली त जसरी भए पनि विबाहा गर्नु पर्छ। गाँउघ्रर छरछिमेकका जो जसलाई भेटेपनी चर्चा सबभन्द पहीले मेरै विबाहको हुन्छ। साथी सँगी जिस्काउदै भन्छन होईन सिंङ जुरो पलाउने होईन अब त...
गजल
- Get link
- X
- Other Apps
आए हुन्छ कहिलेकाही सताउन प्रियतमा तिम्रो मेरो मिलनको गीत गाउन प्रियतमा अझै धेरै गर्नु छ अप्ठ्यारा छन् जताततै बाँडौ आउ सुख दु:ख नलजाउन प्रियतमा सपना हाम्रो सगै जिउने साकार भाछ आज खुशी भई उज्यालो शिंर उठाउन प्रियतमा कुरा काट्ला जोरी पारी छरछिमेकले धेरै हाम्रो माया अजम्बरी नडराउन प्रियतमा भन्छन् गुनले मारेदेखी बैगुनीलाई पनि पश्चतापमा परी मन पलाउन प्रियतमा
गजल
- Get link
- X
- Other Apps
मनभरी सजाएर सम्झे तिमीलाई फूलसग दजाएर सम्झे तिमीलाई एकान्तमा पागल झै तिम्रो प्रशंशामा एक्लै ताली बजाएर सम्झे तिमीलाई घरी दाँया घरी बाँया ऐना हेरी हेरी आफैसग लजाएर सम्झे तिमीलाई मेरो खुशी मेरो संसार मेरो भगवान तिम्रै नाम भजाएर सम्झे तिमीलाई मोहनी लगाउने खै केथ्यो तिमिभित्र आफ्नै भनि रजाएर सम्झे तिमीलाई
गजल
- Get link
- X
- Other Apps
नपाकी झर्नु थियो नफलेको राम्रो धिपिक्क निभ्नलाई नबलेको राम्रो किन डराउनु कसैको राम्रो भन्न बोल्दैछौ सत्य भने नगलेको राम्रो एकपल ढिला तर राम्रो नै होस् बिश्वासको पर्खाल नढलेको राम्रो मेरो मेरो मात्र हुने हाम्रो नहुने स्वार्थको यस्तो खेल नचलेको राम्रो राम्रैको लागि हुन्छ जे हुन्छ भन्छन् बेकारमा सम्झेर नजलेको राम्रो
सार्थे होला अर्कै फूल
- Get link
- X
- Other Apps
अर्कैको बगैचामा नफुलेको भए आउथिन होला भेट्न खोज्दै नभुलेको भए सुनौलो आसा सबै नमरेको भए सार्थे होला अर्कै फूल नसरेको भए अनुरागी बनिदिन्थे रोजेको पाइने भए आफैसग माया लाउथे लाएर लाइने भए अर्कैको साथ रोज्थे छाँया तिम्रो नपरेको भए सार्थे होला अर्कै फूल नसरेको भए फूलपाती भाकी भाकी कसम नखाएको भए किन आज मुटु दुख्थ्यो प्रिती नलाएको भए बत्तीले बिश्वासको किरण नछरेको भए सार्थे होला अर्कै फूल नसरेको भए
गजल
- Get link
- X
- Other Apps
गन्तब्यमा पुग्नै नपाई बीचबाटामै गल्यो जीवन उकालिमा चढ्न लाग्दा फेदी तिरै ढल्यो जीवन धोका दीइ निष्ठुरिले अर्कैको साथ रोजेपछी आँधी हुरी बतासको बेग जस्तै चल्यो जीवन करौतिका धारहरुले मुटु रेट्नु रेटेपछी बारुदको भट्टी जस्तै आगो लागि बल्यो जीवन दोबटोमा मलाई कुराइ गयौ बाटो बदलेर बेमानीको बिश्वासघात पिडाबिच जल्यो जीवन बर्तमान डामाडोल भो भबिश्य झन अनिश्चित सबै सपना टुटे फुटे काँडाबिच फल्यो जीवन
गजल
- Get link
- X
- Other Apps
उमेरले आफ्नो आयतन बढाउदै जादा जवानीको नशाले पल पलमा मस्तिष्कमा झड्का निरन्तर दिइरहदो रहेछ सपनिमा होस् वा बिपनिमा अनेकौ तरङ्गहरु मनभित्र बटारिदा रहेछन कहीलेकही त थाहै नपाईकन बिपनीमै पनि मिठो कल्पना भित्र हराइदो रहेछ अनी त्यहि कल्पना भित्र पनि कति आनन्दित भइदो रहेछ। समयको ब्यस्तता त आफ्नो ठाउमा छदै छ तर ती ब्यस्थ समयको सिमाभित्र पनि मलाई कसैले रोक्न सकेको छैन यी अनौठा कल्पनाहरु भित्र रमाउन। मलाई आजभोलि माया,आदर,श्रदा,बासना जे भनेपनी प्रेमकै अनेकौ रुपहरु मध्ये एउटा रुप हो जस्तो लाग्न थलेको छ, किन किन म यस्ता कुराहरुमा आफ्नै मनसग बहस गर्ने बनेको छु अनी त्यहि कल्पनाको एउटा उपज हो मेरो यो गजल के उनीलाई यस्तै हुन्छ होला त सपनिमा............... ? तिमिसगै घुम्न गाथे हिजो राती सपनिमा खाली सिउदो सजाथे हिजो राती सपनिमा तिम्रो साथ जनमभरी अरु केही चाहिदैन गला छोइ कसम खाथे हिजो राती सपनिमा खुला आकाश चाँदनीको रोशनीमा खुशी हुँदै आचल ओढी म रमाथे हिजो राती सपनिमा हात समाइ तिमीले तान्दा नजिक आउ भनि ओठ टोकेर मुस्कुराथे हिजो राती सपनिमा तिम्रो मनको हिमालमा गर्मी बढी नजिकियौ लाजले रातो पिर...
गजल
- Get link
- X
- Other Apps
बिर्सिएर मलाई अन्तै जीवन मोड्ने भए विश्वासमा किन राख्यौ अर्कै नाता जोड्ने भए दुई आत्मा हामी एक यस्तै यस्तै नानाभाती दुनियाँमा किन भन्यौ आज मुटु फोड्ने भए जीवनभरी साथ दिन्छु तिमीलाई भनि भनि किन खायौ वाचा कसम आखिर तोड्ने भए तिम्रो बाटो तिमी एक्लै अघि बढे हुन्छ भन्दा हात समाइ किन तान्यौ बीचमै छोड्ने भए मर्न किन दिएनौ सानु प्रबिणका आशहरु पराइको बगैचामा फुलहरु गोड्ने भए
अधुरो सपना भाग-६
- Get link
- X
- Other Apps
अनौठौ रहेछ यो जिन्दगीपनी हतारै हतारमा धेरै कुरा गर्नु पर्ने- एउटा नाटक तर बुझ्नै नसकिने कथामा आधारित अनी यो जिन्दगीको पल पलमा यो मन कहीले धार्नी त कहीले पाउमा परिणत हुदोरहेछ के मात्र सोच्न भ्याउदैनर यो मनले राम्रो नराम्रो सबै सबै। यही भ्याइ नभ्याइको हाम्रो सोच भित्र जिन्दगी छ अनी यही जिन्दगी भित्र कसैलाई भेटाउनु छ कसैसग बिछोडिएर, कसैलाई माया त कसैलाइ धोकाले सजाउनु छ ,कसैलाई स्वागत त कसैलाई बिदाइ ,कहीले रमाउनु छ त कहीले तड्पिनु। मैले पनि यो समयको अन्तरालभित्र मेरी निता प्रति राम्रो नराम्रो सोच बनाए होला र त्यहि मनोगत सोचाइको एउटा परिणति थियो मेरो निर्कर्ष उनी अब मबाट टाढिन प्रयासरत छिन्। दिनहरु बित्दै गए समयसगै उनका स्मरणहरु क्रमश: पातलिन थाले तापनि मनले बिर्सन सक्ने त कुरै भएन। मन सम्झनाले पल पल ब्याकुल बनेर उनकै बोली सुन्न आतुर भएपनी भौतिक दुरता अनी अन्य हजारौं कारक तत्वले गर्दा मेरा इच्छा चाहानालाई मनभित्रै दमित गर्नु पर्ने बाध्यता थियो। महिना १५ दिनमा उनीलाई फोन गर्थे तर उनी मलाई पापी, फटाहा यस्तै उपधीले त्यो क्षण सुसज्जित बनाउथिन साच्चै म उनको नजरमा नराम्रो बनिसकेको थिए। जब उनी त...