गजल: तिमी थियौ म थिए ...
तिमी थियौ म थिए , कती सुन्दर संसार थियो साच्चै भन्दा भगवानको , अनमोल उपहार थियो तिमी मुस्कुराउथ्यौ म भित्र चमक छाउथ्यो यूगौ युग नरित्तिने, मायाको भन्डार थियो कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो सम्झना ताजै छ , अझैपनी यो मनभरी सगै खेली बिताएको पलहरु हजार थियो सकिएन उद् घोष गर्न, समाजको बन्धन तोडी मैले तिमीलाई तिमीले मलाई गर्ने माया अपार थियो