Posts

Image
SHREE ANNAPURNA SECONDARY SCHOOL   La scuola si trova   Villaggio CHHAPTHOK nella comune di KHARI. CHHAPTHOK si trova circa 130 km da kathmandu nella provincia di Dhading zona centrale del Nepal. Il sistema scolastico in Nepal si divide in due cicli. Il ciclo di base ed il ciclo superiore. Il ciclo base comprende la scuola elemetare(1-5) e la scuola secondario(6-8) o(9-10). La scarsità di risorse ,la qualità delle personale scolastico, ingiustizie sociali(sesso, appartenenza   alle caste, classi di reddito) che rendono difficile dare un instruzione di qualità, e stanno diventando una sfida non solo per mio villaggio ma anche tutto in Nepal. In Nepal un comune è costituito 9 piccoli villaggi. Questa scuola studiano circa 300 ragazzi di 2 villaggi. Si studia fino 10° anno.   Ci sono una decina di   insegnante e una persona per il servizio. La scuola è statale pero maggior parte di insegnante fanno un lavoro precario. Due piccoli villaggi ha quasi 2...

नयाँ बर्ष नयाँ हुन सकेको छैन

Image
 नेपाली नयाँ बर्ष २०७० को शुभकामना सम्पुर्ण मित्र,मान्यजन र शुभचिन्तकहरू प्रति। तपाइहरूको यो बर्ष सुखद बनोस्।   शुष्क शुष्क हावाको बहकाइले भञ्ज्याङलाई हिर्काउदा मधुर बेदनाको गाठो फुकाउदै काफल पाक्यो चरीले बिरह सुनाउदा अनि मलाइ स्मरण हुन्छ कल्पनाका तरङ्गहरुमा हराउछु यस्तै बशन्त बोकेर त्यो मिठो नयाँ बर्ष भित्रिएको थियो!   बशन्ती मुना हातमा खेलाउदै लालटिनीको थोरै प्रकाशसग हामिले मन साटेका थियौ दुई मुटु एक गरि बाटेका थियौ हो तिमिसग बिताएको अतित भित्र म आज पनि पागल बन्छु एक्लै रामाउछु एक्लै गुनगुनाउछु स्मरणमा किनकी म भित्र तिम्रो गहन स्‍मृति बाँकी छ अझै त्यहि बशन्त, त्यहि मिठो नयाँ बर्षको झझल्को जुन बेला भएको थियो हाम्रो मिठो मिलन!! त्यहि बशन्त र त्यहि नयाँ बर्षसगै हामि फुलेका थियौ हर्ष र उमंगका बासनाहरूले सजिएर भबिश्य फलाउने सपनामा तर समय सगै तिमी निष्ठुरी बन्यौ बिश्वासका पर्खालहरू ढले खरानी नै बन्ने गरि मन जले तिमी अबुझ बन्यौ त्यसैले, आज न तिमी छौ न मलाइ नै राख्यौ यँहा यतिखेर फेरि अर्को बशन्तसगै नयाँ बर्ष आएको छ रे किमार्थ! ...

जाबो एक चुम्बन

Image
पूजा गरे, प्राथना गरे भगवानसग हाम्रो प्रेम अजर, अमर रहोस् भनेर कर्तब्य भुलिदिए दायित्व बिर्सिदिए  जीवन उनकै लागि भनेर तर, उनी भने मसग चाहाना गर्दो रहेछिन जाबो एक चुम्बन! मन पुरै खोलेर पहिल्यै भनेको भए धेरै चुम्बाहरू बर्षाइदिन्थे सारा शरीर ओठका नीला डामले कतै खाली नहुने गरि छताछुल्ल पोखिन लागेको बेला कति जतन गरि जोगाइ राखे संकटको घडिमा ज्यानै बाजी थापेर आफै अगाडी पसे बेदना र पिंडामा छटपटाउदा   मलम पट्टी लगाए आफ्नो सर्बस्व गुमाए न उनलाई पाए न अरु केही आफ्नो बनाए हुन त!  के नै गर्ने हो र? जाबो  एक चुम्बन त दिन नसक्ने नामर्दले !! सलाइ कोरेर बारुद नसल्कदै खरानी बने झै जादुमय देखासिकी प्रेम गर्ने यो बेला भमराले फूल नभै फूलले आफै  भमरा खोज्ने समय पोलेको घाउले होईन आगोले मलम खोज्ने यो २१ औ शताब्दी समयले मारेको फड्को बिज्ञानले गरेको प्रगति डार्बिनका, बाँच्नको लागि संघर्ष अनि सक्षम नै बाँच्ने भन्ने सिद्धान्तले को भन्दा को कम भन्दै भिडहरू माझ सक्षम बन्ने उत्तेजनाले मेरी प्रेमिकालाई पनि छोयो होला त्यसैले, कलीको ...

३ मुक्तक

आँखाको नानीमा सजाएको छू बिझाउने कसिंगर नबनिदेउ मुटुको ढुकढुकिमा लुकाएको छू मुटु चुडाएर नभागिदेउ!     आफूलाई भन्दा बढी माया गर्छु निष्ठुरी मलाइ नठान आफ्नो सम्झि विश्वाश गरेको छू पागल कहिल्यै नभन!!     जिन्दगीको सहयात्री तिमी नै हौ बीच बाटोमा नछोड हरपल दु:खमा साहारा खोज्दै छू मन मुटु अन्त नमोड!!!                               -सरु
समयको ब्यस्थता, युरो २०१२ को चहलपहलले गर्दा ब्लग अपलोड ठप्प भएको छ। डायरीको पानाभित्र सजिएर रहेको २०५८-५९ तीर रचित यो कबिता सम्पुर्ण साथीहरू माझ  पस्केको छू। बिहानको सूर्यको पहिलो किरणले सगरमाथाको शिखर चुम्न छाडेको छ धर्तिमताको काखमा छरिने लालीमाहरू आज रगतमा  परिणत भएको छ जब, मिर्मिरे उज्यालो निम्ताउदै पुर्बी क्षितिजबाट सबका घर दैलोमा प्रबेश गर्थिन लालीमा कति स्वर्णीम थियो ती मीठा कथा कहानी जस्ता लाग्ने यथार्थताहरू! तर बर्तमानमा दन्ते कथा बन्दै छन् जब लालीमालाई बिदाइ गर्दै रातको आगमनलाई स्वागत गरिन्छ तब सब नेपालीका मन त्रासले त्राही त्राही बन्छन बिहानी हुन्छ फेरि अखबार समाउछु लालीमाहरू रगत बन्छन रगाताम्मै हुन्छन् यी हातहरू अक्षरहरू पड्किन्छन गोली निस्कन्छ कलमका टुप्पाहरूबाट! शायद! आजको लालीमा सगै सबैले कर्तब्य नबिर्सी अधिकार मात्र नभनेर गल्तिको प्रायश्चित गर्दै अघि बढ्न नसक्ने हो भने भबिश्यले  तिमी,म र उनी कसैलाई माफि गर्ने छैन, भोलिको लालीमा पुर्बी क्षितिजमा कसैका नयनले देख्ने छैन सगरमाथा भासिने छ, बिरताको ईतिहास मेटिने छा...

गजल

नलेख चिठ्ठी नपठाउ सन्देश मर्दैन यो माया आफन्त छोडी पराईको दिलमा सर्दैन यो माया दैवको लेखा भाग्यको खेललाई नटर्ने टारेर तिमी नै दु:खे बेदनाको सागर तर्दैन यो माया धान्नेछ जति दुई मुठी श्वासले यो प्राण पखेरु दुश्मनी साची जालझेल  कहिल्यै गर्दैन यो माया नभने सानी, सम्झनी पलपल बिर्सियो भनेर  बिरानो बनी मनमुटु बाट नै झर्दैन यो माया हुनेछ पक्कै न्यायको सुनुवाई ईश्वर अगाडी स्वर्ग नै जान्छ नरकको भेलमा पर्दैन यो माया

गीत

आउछु भन्थिन देउरालीमा तर किन आइन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन कुरी राखे आउलिन भनि सूर्य अस्ताइदियो बिना बादल आकाशले पानी बर्षाइदियो नजरको चारैतिर कही कतै उनी छाइन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन आशा टुट्यो उनी आउने फर्के निरास बनी छाडी गइ सागर बिचमा डुङ्गा एक्लै तानी हरक्षण गुनगुनाउने गीत आज गाईन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन आउछु भन्थिन देउरालीमा तर किन आइन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन

मुक्तक

सुनौला सपना सबै नमरेको भए शिशिर छाइ जीवनको पात नझरेको भए पराईको फूलबारिमा नफुलेको भए आउथीन पक्कै भेट्न भनि नभुलेको भए आँशु बर्षीरहन्थे रोएर नसकिएको भए छातीमा हात राख्ने थिन मुटु नबिझेको भए अनुरागी बनिरह्न्थे साथ तिम्रो पाइने भए धेरैसग माया लाउथे लाएर लाइने भए गला छोइ,देबी भाकी कसम नखाएको भए किन आज बहकिन्थ्यो मन प्रिती नलाएको भए झुटै भएनी विश्वाशको किरण नछरेको भए सार्थे म पनि अर्कै फूल नसरेको भए

सम्पुर्ण आमाहरू प्रति

Image
बिशेष गरेर ती आमाहरू प्रति समर्पित  जो प्रेमको नाटकिय जालमा परेर पनि गर्बका साथ गर्भमा आफ्नो बच्चा हुर्काउदै छन् वा समाजको अनेकौ प्रश्नहरुमा अनुत्तरित भएर पनि आफ्ना बच्चालाई जन्म दीइरहेका छन कुनै पुरुषको साहारा बिना।   हजार पिंडाहरू बिच अभाबै अभाबको भंगलाहरूबाट आधा पेट खाएर आन्धा आङ ढाकेर मुसुक्क मुस्कुरादै तिमिले हाँस्न सिकायौ! कठिन यात्रामा दुश्मनी मोल्दै दुनियाँसग कहिल्यै सुस्केरा हालिनौ थकाईले लखतरान पारिरहदा पनि  मुसुक्क मुस्कुराउदै  मलाई अप्ठ्यारो बाटोमा सजिलैसग तिमिले हिंड्न सिकायौ! समाजमा ब्यप्त क्रुर जालो च्यात्न  रुढिबादिताको अग्लो पर्खाल भत्काउन तिम्रो सामु दुनियाँले हानेका कटाक्षे , घ्रिणा र   अन्यायका क्षेप्यास्त्रहरू माथी धावा बोल्दै मलाइ,अन्यायका बिरुद्ध तिमिले बोल्न सिकायौ ! खुल्ला किताब बनेर तिम्रो मात्रित्वले गणित,बिज्ञान राजनीति शास्त्र ,अर्थशास्त्र धर्मशास्त्रले  व्याख्या गर्न नसकेका वा नजानेका संस्कार पढायौ प्रेम चिनायौ!

स्मरणमा बाबा!

Image
बर्ष दिनको पुण्य तिथिमा हार्दिक श्रदान्जली! समयको हुरीले अबिछिन्न रुपमा जिन्दगीलाई कहीले तातो बाफ बनेर त कहीले चिसो सिरेटो बनेर सेकिरहेकै छ,समयको यो अनौठो चक्र भित्र शिशिर,बशन्त,ग्रिश्म,शरदहरू घुमी घुमी आएकै छन् हरेक जिन्दगीका सूख,दुखहरूसग मितेरी गाँस्न तर म कति इर्श्यालु छू यी बशन्तहरूसग,यी शरदहरुसग। प्रकृतिको नियमलाई नै रोक्न सक्छु झै गरि  यिनै बशन्त,शरदहरूको इर्श्याभित्र अल्झेर म समयलाई नै कैद गर्न खोज्छु आफ्नै मन,मुटु र बिचारहरूलाई कैद गर्दैछु भन्ने बिर्सिएर। समयको यो प्रबाहा किन रोक्न सक्थे मैले,रोक्दा रोकिने त मेरा सोचाइ,मेरा चाहानाहरू हुन तर यहि बुझेर पनि नबुझेको भ्रममा पर्न मन पराउछ यो अबुझ मन। म यस्तै कल्पनामा डुब्छु समय फुत्केर निकै अगाडी चिप्लेसकेको हुन्छ फेरि म भित्र चाहानाका ज्वारभाटाहरू उर्लिन्छन म दौडन्छु म बाट फुत्किएर निकै अगाडी पुगिसकेको समयलाई भेटाउने बहानामा तर हरेक पटक म पराजित भएर देखापर्छु। यो उर्जाशिल उत्सुक मन हजारौं पटक कृष्णभिर जस्तै पहिरिएर त्रिशुलिमा मिलिरहदा पनि यो वा त्यो को बहानामा आफ्ना चाहानाहरूलाई शुन्यताबाट  उकासिरहदो रहेछ। यतिबेला जिन...

केही हाइकुहरू

अबिर  पोती दोसल्ला ओढाउछ स्वार्थको खेल! मौलाएको छ भ्रष्ट्रचारको खेती भोकै जनता! आँगो छोएर पोतेको सिंन्दुरले पार्यो बिचल्ली! मन चन्चल बैंशालु बतासले जादा चुमेर! आएकै छ नी गर्भ, बसन्त बोकी हर शिशिर! हर्षको आँशु कठिन यात्रा पछि शिखर चुम्दा! झल्को आउछ गुलाबी पछ्यौरीको साँझ झुल्किदा! पग्लेर तप्प खस्छ आँखाको मोती अगेनी छेउ! बनेर पिंडा नआउ जिस्काउन सपनाभरी! अबुझ बनी पिरिन्छ घरिघरी मनै हो,खोटी! उठ्ला नी औंला दुश्मनी जताततै होस गर है !

२ हाइकु

पग्लिन्छ तप्प आशुका ढिकाहरू मन जलेर! सेक्दै छू मन झरिलो कोइलाले अगेनु छेउ!

गजल

सानो एक झोक्का बतासको बेगसगै सबै पातहरू झरी नाङ्गिएको शरदको रुख जस्तै उजाड बनाएर तिमिले रातारात हामिले रोजेका बाटाहरुमा काँडेतार लगाएपछी मैले चाहेर पनि तिमिले बारेका सिमानाहरुमा आफ्नो पाइला राख्न सकिन। समयको यो अक्षुम्य साहास भित्र कहीलेकाही प्राप्ती सहज हुँदा हुँदै पनि समर्पणको हात हल्लादिनु पर्ने रहेछ। दु:ख त मलाई पनि लागेको छ कहिलेकाही मुटु फुलेर श्वासनै बन्द हुन्छ की जस्तो हुन्छ तर भोलिको पर्खाइमा बाच्ने अभिनय गर्नुको अर्को बिकल्प नभएपछी पुर्पुरो मसारी रुनुको अर्थ नै के रह्यो र ?  मैले हारेको यो जिन्दगीलाई माफ गर है सानु ! बिश्वासको भ्रम फेरि छर्यो नभन निष्ठुरीले गर्नु घात गर्यो  नभन छैटौउमा बिधाताले यस्तै लेखेका तिमी हाँस्यौ मैले रुनु पर्यो नभन बहकिदै जताततै हिड्यौ तिमीनै दिल तोडी अन्तै डेरा सर्यो नभन दु:खीलाई दु:ख माथी दु:ख थपिन्छ साढे सातको दशा थ्यो टर्यो नभन खेल न हो समयको अझै के हुन्छ? मेरा लागि 'प्रबिण' नी मर्यो नभन http//prabinthapa.facebook.com

गजल

धेरै पछि झुल्किएको छू तपाइहरू सामु फेरि एउटा काँचो गजल लिएर। हजुरहरूको मायाले यी दिनहरुमा निकै सताइरह्यो तर ज्यानले साथ नदिएकोले मनले मात्र चाहेर नहुने रहेछ। जो जस्ले आज आफ्नो प्रेमको डोरी झन् बलियो गरेर कस्नु भो वा जसले नयाँ सम्बन्धको शुरुवातमा पहिलो खुड्किलो टेक्नु भो तपाइहरू सबैलाई प्रणय दिबसको शुभकामना!अनी आज प्रणय दिबसमा प्रेम साट्न नपाएका मनहरू प्रति भने गजल समर्पित गरे। कस्तो लाग्यो प्रतिक्रिया लेख्न नभुल्नु होला है साथीभाइ भन्दै थिए,लौ आयो भ्यालेनटाइन पोहोर साल त्यस्तै भयो,यसपाली चालै पाइन भाडा माझे लुगा धोए,बाटो उनकै हेरिरहे दिनैभरि भोकै बसे,खाना पनि खाँदै खाइन उपहार किनेको थे,रातो गुलाब दिन्छु भनि यता उता कतैबाट,कुनै मोरी आउँदै आइन निशा छायो मनभरी,कोही आएन चाँद भर्न जिन्दगीको अधेरीमा,उजेली छाउदै छाइन भक्कानिदै मुटु दुख्यो,ऐया भन्दै छटपटाए थुने मन ताल्चा ठोकी,मनको बह सुनाइन

शुभकामना! तिमिलाइ

Image
प्रिय नीता! अबिरल,अबिराम माँया सम्झनामा मुटु दुखुन्जेलसम्म, पत्र लेख्नु पर्ने नबिन कारणहरू त केही पनि थिएन तापनी बेखबरहरूलाई खबर बनाउने बाहानामा,अनि प्रत्यक्षरुपमा सन्देश र शुभकामना लेख्ने हैसियत गुमाएकोले पनि यो अप्रत्यक्ष माध्यमबाटै भएपनि एकपटक तिमीसम्म पुग्न चाहेको मनलाई सान्त्वना दिने अभिप्रायले मुटु निचोरेर नयनको अश्रुले तिमीप्रती समर्पित बन्दै पिंडित बनेको मेरो मायालाई बेदना निर्लिप्त भाबमा उतारेर मनका उच्छबासहरू पोखीरहेको छू तिम्रो जन्मदिन र यो प्रेम दिबसको अबसर पारेर शुभकामनाको खातिर। नसम्झ फेरि प्राप्तीको चाहाना राखेर तिमि प्रति मायाको भाब दर्शाउदै छू, यो पनि नसम्झ अपमानले तिमिलाइ घ्रिणा गर्दै छू। तिमी त मेरो प्रेम थियौ,हौ र हुनेछौ अनन्तसम्म पनि। जुन दिन तिम्रा र मेरा जिन्दगीका दोबाटोहरू २ भएर देखा परे हो त्यहि दिनदेखी तिमीसगको यात्रा टुङ्गीएर एक्लै यात्रा गरिरहे पनि अह!मलाई कुनै पल तिम्रो साथले छोडेको छैन। म तिम्रो भौतिकता भन्दा कल्पना र तिमिसग बिताएका अतितहरूसग आजभोलि धेरै रमाउने गर्छु। एकछिन अतित खोतलेर अल्मलिन्छु,आफैलाई निचोरेर निखारिन्छु। कहिलेका...

गजल

होईन तपाइलाई पनि कहिलेकाही त यस्तै लाग्दो हो होईन त? यो रहस्यमय जिन्दगी देखि।  जिन्दगी यता मिलायो उता बिग्रन्छ। यसो गर्‍यो उसो गर्‍यो जहिले पनि हात लागे शुन्य अब त केही हुन्छ की भन्यो भा'को केही होईन। सुत्ने बेला भोलिदेखी त केही गर्छु भन्ने प्रण गर्‍यो बिहान उठ्यो हाई गर्‍यो सुत्नु अघिको प्रण खत्तम। जसरी बुझ्यो त्यस्तै यो जिन्दगी। सूख माने सूख,दु:ख माने दु:ख जिन्दगी भित्र के छैन संसार छ र पनि फेरि शुन्य जस्तो लाग्ने त्यसैले आउनुस् यो साँझ तपाइहरू पिउने नपिउने सबैलाई निम्तो पिएर जिऔ,रमाइलो गरौ। एकछिन हाँसौ पिंडा पन्छाएर। लौ जा पिउने होईन त चेस्स्स्स्स्स्स्स!!!!!!खुस्केछ केटो को नभन्नु नी फेरि। सब होस मै हो अझै पीइ सकेको छैन् हाहा हा हा खाली गिलास भरिन्छ चेस गरिन्छ आजको रात जे पर्ला फेस गरिन्छ स्वतन्त्रतामा मेरो भाजो हाल्नेलाई अदालतमा गएर केश गरिन्छ आयोग बन्छ छानबिन गरिन्छ प्रतिबेदन लेखेर पेश गरिन्छ जितु वा हारौ जिन्दगी हो केनै भो र अनुभब कै लागि नि रेस गरिन्छ

हाईकुहरू

लेख्ने बिषय,लेख्ने मन नभएर होइन,समय पनि चाहिएको जति छ तर चुपचाप बस्दै छू किनकी यो एक बर्ष गुमसुम हुने निर्णय नै गरेको हो तर  कहीलेकाही आँफैले भनेका कुरा आफ्नै मनले नटेर्दा रहेछन् अनि सान्त्वना दिन मनलाई केही नलेखी बस्न सक्दिन स्विकार्नुस् केही हाईकुहरू प्रेम तापमा पग्लन्छ एकदिन पाषण मन! जलाइदिन्छु तिम्रो खुशिको लागि मुटुको टुक्रो! म तिम्रै हो नी रगत चलुन्जेल नसा नसामा! फुट्ने पो हो की छताछुल्ल भएर मनको वाध! खाटो नलाग्ने मलम पट्टी गरि प्रितीको घाउ! चन्द्र दाँहिना तोडिन्छ फेरि पनि वैंरीको किल्ला !   पिएर टन्न आफ्नै गहका आँशु मदहोसी म!

केही हाइकु

आजभोलि यता मन बरालिदै छ। सिकारु हो हजुर गल्ति भुल भए क्षमा पाऊँ। हजुरहरु को न्यानो मायामा हुर्काने बाताबरण मिलोस। पिंजडा भित्र नजरबन्दी आशा नयाँ नेपाल! झ्याउकिरीले दिउसै रात पारे बिना सूचना! ज्यान हाजिर मनमा ताल्चा ठोकी तिम्रो खुशिमा! मन्द मुस्कान अश्रुले नयन भिजे निचोरी मुटु! गोधुली साँझ हिक्क हिक्क बाडुल्की सम्झना तिम्रै ! शान्तिको नारा बारुदको भट्टिमा हिंस्रक मन! खाएर टन्न खोलभित्र लुक्छन झुसिलकिरा! उड्दै जाने भो बत्तिको वरिपरि प्राण पखेरु! वैंशको फूल जोगाएर राख है पापी भमरा! गन्तब्य टाढा यात्राको साथी तिमी फुरुङ्ग मन!

हाइकु

नाङ्गा रुखले भने शिशिर छायो उदासी मन! अधुरै रहे मनका यी रहर बेइमानी म ! टेक्न नमिल्ने समयको हुरीले भाँचेको लौरी! सुर्य छेकेर बादल छाम्दै होला मेरो तागत!

गजल

साँच्चै अहिले ब्लग,फेसबूक जस्ता सामाजिक सन्जालको सहयोगले गर्दा नेपाली गजल बिधाले अग्रगामी परिवर्तनको सिमारेखा कोरिसकेको छ। मानौ देश नै गजलमय भएको छ,हामिहरु सबै गजल प्रेमी भएका छौ,साहित्य सिर्जना प्रति अलिकति रुची राख्ने जो कोहिले पनि गजल लेख्न प्रयास गरेमा यसका सामान्य नियमहरुको सजिलै सहयोग लिन सक्छन यी सामाजिक सन्जालहरु भित्र छिरेर। २०५९/६० तिर हो नेपाली साहित्य जगतमा गजल बिधाले आफ्नो जरा गाढी सकेको भएपनि उचित मात्रामा फस्टाएर फूल्ने फल्ने अबसर भने पाइसकेको थिएन। क्याम्पसमा आयोजना हुने केही कार्यक्रमहरुमा गजलको नाममा केही साथिहरुले आफ्ना रचनाहरु बाचन गर्थे,मेरो यो चन्चले मन हो त्यही साथीहरु को गजलहरुमा निकै उत्सुकताका साथ उफ्रिदै पुगेर धेरै बेर त्यहि अलमलिन्थ्यो। मलाइ पनि केही लेखु लेखु भैरहन्थ्यो अनी म पनि लेख्थे गजलका नाममा यति थाहा थियो कम्तिमा ४ शेरको हुनुपर्छ गजल अरु यसका नियम परिधीको बारेमा केही थाहा थिएन हो त्यहि बेला को मेरो रचना हो डायरिको पाना भित्र कति खादेर राख्नु त्यसैले केही परिमार्जन नगरी प्रस्तुत गरे। गजल धेरै दृष्‍टिकोणले हुन नसकेको भएपनि पनि गजल नै भनेर प्रस्तुत गरे।...