Posts

अधुरो सपना - भाग ५

मेरी निता मलाई भन्थिन म तपाईंलाई पर्खेर बस्ने छु चाडै फर्कनु है। उनका ती वाक्यले फेरी मलाई सोच्न बिबस बनाउथ्यो मेरो आफ्नो स्वार्थ पुरा गर्न एउटा स्वतन्त्र पंक्षीको गन्तब्यमा मैले जाल हाल्नु हुदैन, म बिदेश जादै छु थाहा छैन कहीले कतिखेर अर्काको ठाउमा कस्तो परिबन्ध परि आउछ मलाई त्यो क्षण डरले कमायो अनी सोचे भोली भनेको जस्तै भएन भने मेरो कारणले उनको जिन्दगी तहस नहस त हुदैन? अनी सकिन फेरी हस्ताक्षर गरिदिन मेरी निताको दोश्रो प्रस्ताबमा पनि। आषाढ ३१ वा july १६ को बिहान म Italy को लागि प्रस्थान गरे त्यसपछिका दिनहरुमा प्रत्येक क्षण उनी मेरो आँखा वरिपरी लुकामारी खेल्न थालिन, सपनाभरी आएर जिस्काउन थालिन अनी म प्रत्येक पल सोच्न थाले उनी बिनाको यो संसार मेरा लागि कती कहाली लाग्दो हुदोरहेछ पौष महिनाको कालो र लामो रात सरह। जुन दिन उनिदेखी टाढा भए त्यो दिन देखि मेरो अनुहारमा कान्ती छाएको छैन, उनको नाम लिएर बरबराउदा बरबराउदै ओठ कलेटी परिसकेको छ, कहिलेकाही त सम्झनामा मुटु बिथोलिन्छ, शितल पवनले पनि आँगाको लप्कासरी पोल्छ साँच्चै मेरो जीवन यसरी च्यातिदै छ फेरी सिउनै नमिल्ने गरि। प्रत्येक साँझ मेरा न...

अधुरो सपना भाग-४

आज म यहा न आदर्शका मिठा कुरा गर्दै छु, न कुटनीतिक रुपमा मेरी निता माथि नाटकीय मन्चन रच्दै छु, जुन शब्दहरु यस पानाहरुमा कोरिरहेको छु यी मेरा मनभित्र दबिएर रहेका हजारौ मौन प्रश्नका उत्तरहरु हुन् सबै मेरा बास्तबिकताहरु भेटमै भनुला भन्थे तर समयले मलाई छाड्न लागेकाले यिनीहरुलाई शब्द कुसुम बनाएर एउटा पत्रका रुपमा उतार्ने प्रयास गरेको छु। मलाई थाहा छैन मेरी नीताले मलाई कसरि मुल्यांकन गर्लिन यी मेरा कटु सत्यताहरुलाइ अनि पास वा फेलको कुनै उपाधि समेत दिलाउलिन तर यो भने सत्य हो मेरा यी अनुभबहरु मेरा लागि कहिल्यै फेल हुने छैनन् फेरी भन्लीन घमण्ड गर्नु पर्दैन हो नानु मैले तिमिसग घमण्ड गरेको होइन यथार्थबोध गर्न मात्र खोजेको हु। अन्तत मैले visa apply गर्ने निर्णय गरे र जेष्ठ महिनाको शुरुमै यसको तयारिमा लागे यतिबेला मेरी निता गाउमा थिइन त्यसैले पनि उनको परामर्श मैले चाहेर पनि लिन सकिन। visa apply गरे अब यसको नतिजा पर्खनु शिवाय म मा अर्को विकल्प थिएन करिब १ महिनाको पर्खाइपछी मेरो हातमा visa सहितको passport पर्यो। एकातिर त्यो दिन मा सार्है खुशी थिए अर्कोतिर भित्र भित्रै मन बिझाइ रहेको थियो उनै...

शुभकामना !

मनभरी सुख अमनचयन र शान्तीले बास गरोस, दु:ख, बाधा अड्चन सबै हटोस, प्रगतीतर्फ तपाईंका पाइलाहरु अगाडि बढुन, भात्रित्वको भाबना उजागर होस्, सफलता नै सफलताले तपाईंलाई पछ्याइरहोस् बडा दशै २०६६ को सुखद अबसरमा सम्पूर्ण नेपाली ब्लगर मित्रहरु, देश बिदेशमा छरिएर रहेका नेपाली दाजु भाई दिदी बहिनी र सम्पूर्ण हिन्दूजनहरु प्रती शुभकामना व्यक्त गर्दछु।

अधुरो सपना भाग -३

वालापन देखिकै चिनारी, गाँउघरमा हुने आजापुजा, दसैं तिहार अनी देउसी भैलोसगै अंकुराएको प्रेम सुख दु:खका साथ जे जस्तो जीवन चलेकै थियो, गोदावरी, स्वयम्भु, बालाजु हामी दुइको भला कुसारी गर्ने उत्तम थालो बनेको थियो। अझ स्वयम्भु त हाम्रो प्रेमको पर्याबाची नै भैसकेको थियो। धेरै साँझ स्वयम्भुकै काखमा सगै बिताएका थियौ चाहे त्यो माघको चिसो साँझ होस् वा चैत्रको सिरेटोले सेकेको साँझ मेरी प्यारी निता आफ्नो गुलाबी पछ्यौराभित्र जतनले मलाई लुकाउथिन म उनकै मायालु स्पर्शमा मन्त्रमुग्ध बनिरहन्थे । रात छिप्पीदै जान्थ्यो हामी आ-आफ्नो डेरातिर लाग्थ्यौ फेरी भेट्ने वाचाका साथ भोलीको साँझको मिठो सपना आँखाभरी सजाएर। अह कुनै छलकपट थिएन, विश्वाशको दरो पर्खाल थियो हामीबिच, एक अर्काको समस्या सग परिचित अनी सहयोगी, एक अर्कामा सम्मान, दु:खमा सहानुभुती र सुखमा कन्जुसाइ नगरि हासिदिने हाँसो सबै थियो। यताकता गाँउघरमा हाम्रो सम्बन्धको बारे गाइगुइ हल्ला सुनिन्थ्यो त्यसपछी उनी अली बिचलित बन्थिन म उनलाई सम्झाउथे एकैछिनमा उनी मलाई हेरेर फिस्स हाँसिदिन्थिन, उनको मिठो मुस्कानभित्र म हराउथे र मनमनै भन्थे रमेश त सार्है भाग्यमानी छ...

गजल: सधैंभरी यि नजरमा

सधैंभरी यि नजरमा छाइ राख है सपनि मै भनेपनी आई राख है आउँदैछु फर्की तिमीलाई आफ्नो बनाउन हाम्रो मिठो मिलनको गीत गाइ राख है अनौठा अबिश्वासी कठिन क्षणमा पनि हिर्दयमा मायाको दिंप जलाई राख है जती हेर्यो हेरु लाग्ने सुन्दर फूल बनी यो मनको बगैचामा लहराइ राख है कोमल ति ओठका मधुर मुस्कान छरी बाबु भनी तिम्रो मुखले बोलाई राख है

अधुरो सपना भाग -२

उ आँफैलाई भन्दै थियो रमेश आज त सगै के छैन? जागिर छ, परिवार छ, आफुलाई भन्दा बढी माया गर्ने निता छे, गाँउ समाजमा चर्चा परिचर्चा त्यरै छ रमेशको मन खुशीले उर्लिएको थियो। यतिखेर उ आँफैभित्र हराएको छ,कोठाको झ्यालको शिशाबाट संसार चिहाउछ। आकाश निर्मल छ, मौसम सामान्य छ, बातावरणमा शुन्यता छ, बोल्ने साथी कोही छैनन , कोठाको एउटा कुनामा टेलिभिजन, अर्को कुनामा रेडियो अनी त्यससगै टासिएको बिछ्यौना जुन आज उसको आत्मिय साथी बनेको छ, उसका सबै दु:ख सुख, बाध्यता बिबशता बुझेको छ र उसग कहिल्यै रिसाउदैन यो। उ यसलाई खाद्छ, माड्छ वास्तवमै धेरै अन्याय सहेको छ यसले तरपनी आजसम्म अह एक शब्द पनि भनेको छैन किनकी यसले बुझेको छ रमेश बिना रित्तो हुनुपर्छ भनेर तर यसले यो पनि बुझेको छ रमेश एकदिन उसलाई छोडेर टाढा टाढा जानेछ फेरी कहिल्यै नफर्कने गरी र पनि उ आज खुशी छ र त पलपलमा साथ दिदै छ, यसले आफ्नो अस्तित्व बुझेको छ, जुनसुकै चुनौती व्यहोर्न तयार छ मात्र रमेशको खुशीमा किनकी आज यसले अती माया गर्छ रमेशलाई। यतिखेर रमेश यही बिछ्यौनामाथी टोलाउदै छ जसले उसलाई जीवनकै सुन्दर क्षणहरुमा साथ दिएको थियो अनी उसका सपनाहरु एकाएक आकाशी...

कथा: अधुरो सपना भाग १

झिसमिसे उज्यालो हुँदै थियो, चराहरु चिरबिर चिरबिर कराउन थालेका थिए, ओ हो रात पनि कती चाडै ढलेछ आँखा झिमिक्कै गर्नै नपाई कोठाको झ्यालको सिसाबाट छिरेको सडक छेउको बत्तिको मधुरो प्रकाशसग नाडीको घडी हेर्दै निता मुस्कुराएकी थिइन। उनी भन्दै थिइन रमेश अब म जान्छु क्याम्पस जानु पर्छ। माघ महीना भएर पनि होला समयले बिहानी निम्ताय पनी सुर्यले आफ्नो प्रकाश धर्तिमा भने छर्न पाएको थिएन। रमेश उठ्छ, कपडा लगाउछ र उ नितालाई उनको कोठासम्म पुर्याउन जान्छ, बाटामा मर्निङ वाकमा हिंडेका एकाध व्यक्ती बाहेक सडक सुनसान छ, एक अर्काको हात समाउदै उनिहरु अगाडि बढ्छन, नितालाई कोठा नजिक पुर्याएर रमेश आफ्नो कोठामा फर्कन्छ अनी बिछ्यौनामा पल्टिएर अनेक कुरा मनमा खेलाउछ। आँखाभरी रातको झझल्को उर्लिएर आउछ,स्मरणमा उ कुनै अबोध बालक स्तन पान गर्दै आमाको काखमा हराए झै हराउछ, नरमाओस नहराओस पनि कसरी त्यो रात जीवनकै सुन्दर रातहरु मध्यको एउटा रात थियो। दुबैको गहभरी आशु टलपलाएका थिए, खुशीको कुनै सिमा थिएन, एक अर्काको आलिङ्गनमा बाधिएर बर्तमान देखी भबिश्यसम्मको लामो सपनाको माला बुन्दै थिए, अथाहा प्रेमको कुरा भएको थियो, अनी गाँउ समाज, छर...

गजल: जीवन

धेरै भयो यो मस्तिस्क शुन्य प्रा:य भएको, दिनभरिको कामको चापले थाकेर मन न बहलिन पाएको छ, न कुनै सिर्जनाले गर्भधारण गर्न पाएको छ,आज शनिबार केही क्षण फुर्सद मिल्यो अनी कनी कनी भएपनी यो गजल लेखे, हुनत कता कता आँफैलाई चित्त बुझ्दो छैन तरपनी संगम पनि तृषित छ निकै दिन देखी र यो टासो मन लागि नलागी भनेपनी टासेको छु। नोट: मैले हाम्रो संस्कृती र भेष भुषाको अबमुल्यन गर्ने अभिप्रायले यहाँ केही शब्द प्रयोग गर्न खोजेको होइन, यदी कसैको हिर्दयमा ती शब्दहरुले चोट पुर्यायमा क्षमा प्राथी छु। मेरो जीवन भारी बिनाको भरिया भएछ जताततै प्वालै प्वालको फरिया भएछ हुने नहुने सब गरे मात्र आफु खुशी हुन सत्य हजुर आज चिसो चिया भएछ हाँसखेल ठट्टामा कती बर्षा बिते बिते आखिर जीवन घाऊ लागि छिया भएछ पराइ यसै टाढा आफन्तकै वास्ता छैन जीवन कतै रोप्न नमिल्ने बिया भएछ यसरी नि जीवन सड्ला थाहै थिएन टिटानस नै लगाइदिने खिया भएछ

गजल: किन?

गजल: किन? मलाई दोषी देखिरहयौ बदलिएनौ किन? माया गर्छु भनिरहयौ पग्लिएनौ किन? पिंडाले म जलिराछु समस्याले चेप्पिराछु समाधानका बाटहरुमा देखिएनौ किन? नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती आज मनको बगैचामा भेटिएनौ किन? गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम स्वार्थ पुरा भएपछी सम्झिएनौ किन? समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै मलाई आफ्नो बनाउन तम्सिएनौ किन

गजल: फेरी अर्को पासो भित्र

प्रबिण माथि सुनामी नटरेकै जाती तिमी बाँच्नु हाँसेर म मरेकै जाती गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई दाग लाग्छ यो संसारमा नझरेकै जाती छुट्टै संसार बनाउने तिम्रो मेरो भन्थ्यौ आदर्शका कुरा अब नगरेकै जाती सुक्क सुक्क गरी गोहिको आशु नबगाउ तिम्रो मनमा मेरो माया नसरेकै जाती चोटको उपहारमा रमाउन थालेको छु फेरी अर्को पासो भित्र नपरेको जाती

गजल: मन लाछ

आज मलाई बशन्त झै फूल्न मन लाछ मङसिरको सेरा फाँट झै झुल्न मन लाछ बोल्दा सधै हाँसिरहने उनको बानिसँग रमाउदै मलाई पनि घुल्न मन लाछ सबैको मनदेखी आत्मा सम्म छाउने त्यो निर्दोषी पनसँग खुल्न मन लाछ पल पलको स्मरणलाई साक्षी बनाउदै भमरा भई फूलमाथी डुल्न मन लाछ दुई दिने जिन्दगी उमङ्ग लिई साथमा जीवनभरी उनकै प्रितमा भुल्न मन लाछ

आत्माकथा: बिगतको डायरिबाट

अबोध निश्चल र निर्दोष आकर्षण नै त्यो शक्तिशाली आकर्षण थियो जुन आकर्षण पक्कै अस्वभाविकता र गम्भिरता थियो। हो त्यही गम्भिरता नै मेरो लागि आकर्षणको मुल कारण बनेको थियो। ठुलो आँखा, लामो कपाल, झाँगीएका परेली, शालिन अनुहार र ममताले भरिएको मुटु, साँच्चै सिङ्गमरमरको मुर्ती कुनै सिपालु कालीगढले कुदेर बनाएको जस्ती। शायद उनको हारहारिमा पुग्ने मेरो जीवनमा अरु कोही नहुन पनि सक्छन। पिँडाहरुले खारिएकी, दर्दहरुले निथ्रुक्क भिजेकी उनिमा आँशुको खहरे पिएर जिउन सक्ने सामर्थ्य ईश्वरले प्रदान गरेका छन भन्ने अनुभुती मलाई भएको छ। आजकाल मेरो दिनचार्य यस्तै बनेको छ , क्याम्पस जानु, फर्कनु, क्याम्पसबाट फर्केपछी केहीबेर टहलिनु जब जब दिन ढल्न खोज्छ पश्चिमी क्षितिजमा घाम पहेलिएर हराउनै लाग्छ अनी सम्झनाको झटारोले मेरो मानसपटल बिथोलिन्छ, भावबिहोर हुन्छु, भक्कनिन्छु, मेरो अनुहार एक्कासी ओइलाउछ यसरी कि वारुदका छर्राहरुले आहात बनएको गुँराशका घाइते पोथ्राहरु वताससँग जीवनको भिख मागेर सिरसिर सुसाएको जस्तै गरी। एकाएक म भित्र सन्नाटा छाउछ फेरी जीवनको आँखीझ्यालबाट संसारलाई चिहाउछु र सम्हालिन्छु। मनमनै भन्छु तिमीमा अस्ताउन र ...

गजल: अरुले झै --

अरुले झै आकाशको तारा गन्न सकिन जिउने मर्ने सँगैसँगै भन्न सकिन तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी ऐया भन्दै नाटक गरी कन्न सकिन सत्यताको पछी पछी यथार्थमा दौडिरहे तिमीले जस्तै झुट बोल्न धन्न सकिन रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी बैगुनिलाई पुर्ने खाडल खन्न सकिन

कबिता: आँखाको आशु

आँखाको आशु नपुछ्नु रुनु मेरो दैनिकी बनेको छ नपिउ भनी नभन मलाई आत्मा पिंडाले जलेको छ नजानु भनी बाटो नछेक्नु आउने वाचा गरिसकेको छु बाँच्ने आशा अब नेदेखाउ जिएर पनि मरिसकेको छु नटिप्नु फुल भनेर मलाई हातमा काँडाले घोच्ने छ नखोज्नु अब कतै मलाई भेट्टाउन गार्हो पर्ने छ नसुनाउनु शुभ समाचार नराम्रो सुन्न जानेको छु नखोज पढ्न अतितका पाना फुकाउनै नसक्ने गरी बानेको छु नसोध किन यस्तो भयौ भनी बढी तिमीलाई नै थाहा छ गोहिको आशु अब नाबगाऊ मिलन हाम्रो असम्भब भएछ आँखाको आशु नपुछ्नु मलाई त्यसैमा डुब्नदेउ बिन्ती अब त छाडिदेऊ मलाई मेरै संसारमा पुग्नदेऊ

गजल:जिन्दगीको रङ्गमञ्चमा

जिन्दगीको रङ्गमञ्चमा हार न जितको भान भयो कल्पनाको संसार भित्र सपनाहरुको चिहान भयो आफ्नो विश्वाश आँफैसँग टुट्न फुट्न थालेपछी रस चुसी थुकी फाल्ने फुटपाथको पान भयो माथि जाने भ-याङ पाइन तल काँहो थाहै छैन न त यता न त उता बिचमै ताना तान भयो दु:खै दु:ख जिबनभरी पिंडा भन्दा केही पाइन हाँस्नु पर्छ मैले भन्ने बेकारको गान भयो रित यस्तै चल्या होकी बुझ्नै सकिएन दोसल्ला अर्कै ओढ्ने मलाई कस्तो सम्मान भयो

गजल: बोझिलो दुखी नासो

अन्धकारको दुनियाँमा,बसाइ गयो नभन है जाली माया गरेर, फसाइ गयो नभन है वाध्यता छ मेरो सामु दुरदराजमा जानु पर्ने जारी बैरी शत्रु सबै, हँसाइ गयो नभन है बेला बेला फोन गरौला चिट्ठी पनि लेख्दै गर्छु शिखरमा चढाएर, खसाइ गयो नभन है केही बर्ष त हो नि सानु फर्की चाँडै आउछु अत्यासिलो भङ्गालोमा, धसाइ गयो नभन है कसैको भन्नु नहोस राम्रो सोच्नु राम्रो गर्नु बोझिलो दु:खी नासो, टसाइ गयो नभन है

गजल:पुराना पत्र

तिम्रो तस्बिर हेरेर, आज फेरी रोएँ मिठो अतित सम्झेर,आज फेरी रोएँ बल्झिए घाउहरु,चट्याङ् पर्‍यो मुटुमाथी आँफैसग दु:खेर, आज फेरी रोएँ भक्कानिए बिथोलिए,भाबबिभोर भए अझै प्याला थपेर, आज फेरी रोएँ हप्ता,महिना, बर्ष बिते,खबर आएन भलो तिम्रो जपेर, आज फेरी रोएँ आँखाभरी सुनामी झै, याद उर्ली आयो पुराना पत्र पढेर, आज फेरी रोएँ

गजल: मन भित्र

मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ सम्झनाको झटारोले गोली हाने सरी जान्छ खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ भुल्न खोज्छु अतितका मिठा पलहरु याद आउछ बल्झिएर मन मुटु हरी जान्छ

गजल: भन्छिन आज--

भन्छिन आज माया गर्न जानिन रे मैले उनी माथि कर्के नजर हानिन रे मैले लजाउदै रातो भई गोधुलिमा भेट्न आउँदा मेरो समिप आउ भनी तानिन रे मैले जुन टिपी ल्याउन सक्छु तिम्रो लागि भनी प्रिती गास्ने नौलो चलन धानिन रे मैले भुलेर उनको मुस्कानमा स्पर्श बिनानै कुनै क्षण अगालोमा बानिन रे मैले जल्दो बल्दो जवानी,तृष्णा मनको मेटाउन जाबो एक रात सगै काट्न मानिन रे मैले

गजल: पुराना यादहरु--

पुराना यादहरु बल्झी बल्झी फर्कदै छ आफ्नो मन आँफैसग दुर दुर तर्कदै छ पिडाको भुमरिले शान्ती छैन मनमा थाहै नपाई अनायसै, आशु दर्कदै छ अन्जानमै कहिकतै गल्ती भै हाल्योकी मिठो बचन बोल्दा पनि रिसाएर झर्कदै छ बरबराउछु पागलसरी एकान्त भित्र पनि छिन छिनमा बेहोस हुन्छु मुटु थर्कदै छ अनौठा सपनाहरु देखिराछु आजभोलि अनर्थ हुन होकी छाती मेरो चर्कदै छ