Posts

Showing posts with the label गजल

गजल

शुन्यता भित्र आशा भर्नुको मजा बेग्लै कसैको बिश्वासमा पर्नुको मजा बेग्लै भएपनी सुख दु:ख जिन्दगीको रित दशा साढेसातको टर्नुको मजा बेग्लै परेलिका डिलमा आँशुले सजाएर अभिनय हाँसोको गर्नुको मजा बेग्लै जतिनै कठीन होस उक्लन पहाड शिखरमा चुमेर झर्नुको मजा बेग्लै नटुटिने साथ, नछुटिने हात भए भङ्गला बीच नदी तर्नुको मजा बेग्लै

गजल

पराईको साथ माग्दैछौ फेरी यात्राको बिचमा थाक्दैछौ फेरी तिम्रो साथमा म छु भन्ने गर्थ्यौ दु:खमा म पर्दा भाग्दैछौ फेरी नराम्रो कहिल्यै भनेको छैन ब्यर्थै रिसाएर जाग्दैछौ फेरी तिमी निर्दोषी दोष जति मेरो भन्दा भन्दै बाटो लाग्दैछौ फेरी मुखमा राम बगलिमा छुरा आँखा छली हात ताक्दैछौ फेरी

गजल

आए हुन्छ कहिलेकाही सताउन प्रियतमा तिम्रो मेरो मिलनको गीत गाउन प्रियतमा अझै धेरै गर्नु छ अप्ठ्यारा छन् जताततै बाँडौ आउ सुख दु:ख नलजाउन प्रियतमा सपना हाम्रो सगै जिउने साकार भाछ आज खुशी भई उज्यालो शिंर उठाउन प्रियतमा कुरा काट्ला जोरी पारी छरछिमेकले धेरै हाम्रो माया अजम्बरी नडराउन प्रियतमा भन्छन् गुनले मारेदेखी बैगुनीलाई पनि पश्चतापमा परी मन पलाउन प्रियतमा

गजल

मनभरी सजाएर सम्झे तिमीलाई फूलसग दजाएर सम्झे तिमीलाई एकान्तमा पागल झै तिम्रो प्रशंशामा एक्लै ताली बजाएर सम्झे तिमीलाई घरी दाँया घरी बाँया ऐना हेरी हेरी आफैसग लजाएर सम्झे तिमीलाई मेरो खुशी मेरो संसार मेरो भगवान तिम्रै नाम भजाएर सम्झे तिमीलाई मोहनी लगाउने खै केथ्यो तिमिभित्र आफ्नै भनि रजाएर सम्झे तिमीलाई

गजल

नपाकी झर्नु थियो नफलेको राम्रो धिपिक्क निभ्नलाई नबलेको राम्रो किन डराउनु कसैको राम्रो भन्न बोल्दैछौ सत्य भने नगलेको राम्रो एकपल ढिला तर राम्रो नै होस् बिश्वासको पर्खाल नढलेको राम्रो मेरो मेरो मात्र हुने हाम्रो नहुने स्वार्थको यस्तो खेल नचलेको राम्रो राम्रैको लागि हुन्छ जे हुन्छ भन्छन् बेकारमा सम्झेर नजलेको राम्रो

गजल

Image
गन्तब्यमा पुग्नै नपाई बीचबाटामै गल्यो जीवन उकालिमा चढ्न लाग्दा फेदी तिरै ढल्यो जीवन धोका दीइ निष्ठुरिले अर्कैको साथ रोजेपछी आँधी हुरी बतासको बेग जस्तै चल्यो जीवन करौतिका धारहरुले मुटु रेट्नु रेटेपछी बारुदको भट्टी जस्तै आगो लागि बल्यो जीवन दोबटोमा मलाई कुराइ गयौ बाटो बदलेर बेमानीको बिश्वासघात पिडाबिच जल्यो जीवन बर्तमान डामाडोल भो भबिश्य झन अनिश्चित सबै सपना टुटे फुटे काँडाबिच फल्यो जीवन

गजल

उमेरले आफ्नो आयतन बढाउदै जादा जवानीको नशाले पल पलमा मस्तिष्कमा झड्का निरन्तर दिइरहदो रहेछ सपनिमा होस् वा बिपनिमा अनेकौ तरङ्गहरु मनभित्र बटारिदा रहेछन कहीलेकही त थाहै नपाईकन बिपनीमै पनि मिठो कल्पना भित्र हराइदो रहेछ अनी त्यहि कल्पना भित्र पनि कति आनन्दित भइदो रहेछ। समयको ब्यस्तता त आफ्नो ठाउमा छदै छ तर ती ब्यस्थ समयको सिमाभित्र पनि मलाई कसैले रोक्न सकेको छैन यी अनौठा कल्पनाहरु भित्र रमाउन। मलाई आजभोलि माया,आदर,श्रदा,बासना जे भनेपनी प्रेमकै अनेकौ रुपहरु मध्ये एउटा रुप हो जस्तो लाग्न थलेको छ, किन किन म यस्ता कुराहरुमा आफ्नै मनसग बहस गर्ने बनेको छु अनी त्यहि कल्पनाको एउटा उपज हो मेरो यो गजल के उनीलाई यस्तै हुन्छ होला त सपनिमा............... ? तिमिसगै घुम्न गाथे हिजो राती सपनिमा खाली सिउदो सजाथे हिजो राती सपनिमा तिम्रो साथ जनमभरी अरु केही चाहिदैन गला छोइ कसम खाथे हिजो राती सपनिमा खुला आकाश चाँदनीको रोशनीमा खुशी हुँदै आचल ओढी म रमाथे हिजो राती सपनिमा हात समाइ तिमीले तान्दा नजिक आउ भनि ओठ टोकेर मुस्कुराथे हिजो राती सपनिमा तिम्रो मनको हिमालमा गर्मी बढी नजिकियौ लाजले रातो पिर

गजल

बिर्सिएर मलाई अन्तै जीवन मोड्ने भए विश्वासमा किन राख्यौ अर्कै नाता जोड्ने भए दुई आत्मा हामी एक यस्तै यस्तै नानाभाती दुनियाँमा किन भन्यौ आज मुटु फोड्ने भए जीवनभरी साथ दिन्छु तिमीलाई भनि भनि किन खायौ वाचा कसम आखिर तोड्ने भए तिम्रो बाटो तिमी एक्लै अघि बढे हुन्छ भन्दा हात समाइ किन तान्यौ बीचमै छोड्ने भए मर्न किन दिएनौ सानु प्रबिणका आशहरु पराइको बगैचामा फुलहरु गोड्ने भए

गजल

लागेपछी तिमीलाई दाउ जिन्दगीको बिर्सिगयौ जोड घटाउ जिन्दगीको पानीमाथि ओभानो भएर गयौ तिमी मलाई दु:खिरह्यो घाऊ जिन्दगीको परिचित बाटाहरुमा आँफै हराए धेरै खोजे पाइन ठाँउ जिन्दगीको आफन्ताकै माझमा छी छी र दुरदुर सार्है सस्तो भएछ भाउ जिन्दगीको रहस्यमा बित्दैछ प्रत्येक पलहरु कहाँ कथा लेखेर छपाउ जिन्दगीको

गजल: सम्झनीमै

मनमनै चुलिएको सपनाको खात थियो भन्नैपर्ने तिमीलाई मिठा मीठा बात थियो लजालु मुस्कान थियो जुनतारा हाँसेजस्तो तिम्रो मिठो कल्पनाको मलाई साथ थियो उत्साहा र स्फुर्तीमा अब्बल थियो हाम्रो प्रेम मोतिजस्तै टल्किरहने सुनौलो प्रभात थियो दाँया बाँया यता उता जतततै तिमी तिमी सबै जिते जस्तो लाग्ने अनौठो उन्मात थियो निद थेन भोक थेन अह थेन कति पिर सम्झनीमै बिताएको हजारौं रात थियो

गजल: सधैंभरी यि नजरमा

सधैंभरी यि नजरमा छाइ राख है सपनि मै भनेपनी आई राख है आउँदैछु फर्की तिमीलाई आफ्नो बनाउन हाम्रो मिठो मिलनको गीत गाइ राख है अनौठा अबिश्वासी कठिन क्षणमा पनि हिर्दयमा मायाको दिंप जलाई राख है जती हेर्यो हेरु लाग्ने सुन्दर फूल बनी यो मनको बगैचामा लहराइ राख है कोमल ति ओठका मधुर मुस्कान छरी बाबु भनी तिम्रो मुखले बोलाई राख है

गजल: जीवन

धेरै भयो यो मस्तिस्क शुन्य प्रा:य भएको, दिनभरिको कामको चापले थाकेर मन न बहलिन पाएको छ, न कुनै सिर्जनाले गर्भधारण गर्न पाएको छ,आज शनिबार केही क्षण फुर्सद मिल्यो अनी कनी कनी भएपनी यो गजल लेखे, हुनत कता कता आँफैलाई चित्त बुझ्दो छैन तरपनी संगम पनि तृषित छ निकै दिन देखी र यो टासो मन लागि नलागी भनेपनी टासेको छु। नोट: मैले हाम्रो संस्कृती र भेष भुषाको अबमुल्यन गर्ने अभिप्रायले यहाँ केही शब्द प्रयोग गर्न खोजेको होइन, यदी कसैको हिर्दयमा ती शब्दहरुले चोट पुर्यायमा क्षमा प्राथी छु। मेरो जीवन भारी बिनाको भरिया भएछ जताततै प्वालै प्वालको फरिया भएछ हुने नहुने सब गरे मात्र आफु खुशी हुन सत्य हजुर आज चिसो चिया भएछ हाँसखेल ठट्टामा कती बर्षा बिते बिते आखिर जीवन घाऊ लागि छिया भएछ पराइ यसै टाढा आफन्तकै वास्ता छैन जीवन कतै रोप्न नमिल्ने बिया भएछ यसरी नि जीवन सड्ला थाहै थिएन टिटानस नै लगाइदिने खिया भएछ

गजल: किन?

गजल: किन? मलाई दोषी देखिरहयौ बदलिएनौ किन? माया गर्छु भनिरहयौ पग्लिएनौ किन? पिंडाले म जलिराछु समस्याले चेप्पिराछु समाधानका बाटहरुमा देखिएनौ किन? नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती आज मनको बगैचामा भेटिएनौ किन? गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम स्वार्थ पुरा भएपछी सम्झिएनौ किन? समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै मलाई आफ्नो बनाउन तम्सिएनौ किन

गजल: फेरी अर्को पासो भित्र

प्रबिण माथि सुनामी नटरेकै जाती तिमी बाँच्नु हाँसेर म मरेकै जाती गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई दाग लाग्छ यो संसारमा नझरेकै जाती छुट्टै संसार बनाउने तिम्रो मेरो भन्थ्यौ आदर्शका कुरा अब नगरेकै जाती सुक्क सुक्क गरी गोहिको आशु नबगाउ तिम्रो मनमा मेरो माया नसरेकै जाती चोटको उपहारमा रमाउन थालेको छु फेरी अर्को पासो भित्र नपरेको जाती

गजल: मन लाछ

आज मलाई बशन्त झै फूल्न मन लाछ मङसिरको सेरा फाँट झै झुल्न मन लाछ बोल्दा सधै हाँसिरहने उनको बानिसँग रमाउदै मलाई पनि घुल्न मन लाछ सबैको मनदेखी आत्मा सम्म छाउने त्यो निर्दोषी पनसँग खुल्न मन लाछ पल पलको स्मरणलाई साक्षी बनाउदै भमरा भई फूलमाथी डुल्न मन लाछ दुई दिने जिन्दगी उमङ्ग लिई साथमा जीवनभरी उनकै प्रितमा भुल्न मन लाछ

गजल: अरुले झै --

अरुले झै आकाशको तारा गन्न सकिन जिउने मर्ने सँगैसँगै भन्न सकिन तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी ऐया भन्दै नाटक गरी कन्न सकिन सत्यताको पछी पछी यथार्थमा दौडिरहे तिमीले जस्तै झुट बोल्न धन्न सकिन रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी बैगुनिलाई पुर्ने खाडल खन्न सकिन

गजल:जिन्दगीको रङ्गमञ्चमा

जिन्दगीको रङ्गमञ्चमा हार न जितको भान भयो कल्पनाको संसार भित्र सपनाहरुको चिहान भयो आफ्नो विश्वाश आँफैसँग टुट्न फुट्न थालेपछी रस चुसी थुकी फाल्ने फुटपाथको पान भयो माथि जाने भ-याङ पाइन तल काँहो थाहै छैन न त यता न त उता बिचमै ताना तान भयो दु:खै दु:ख जिबनभरी पिंडा भन्दा केही पाइन हाँस्नु पर्छ मैले भन्ने बेकारको गान भयो रित यस्तै चल्या होकी बुझ्नै सकिएन दोसल्ला अर्कै ओढ्ने मलाई कस्तो सम्मान भयो

गजल: बोझिलो दुखी नासो

अन्धकारको दुनियाँमा,बसाइ गयो नभन है जाली माया गरेर, फसाइ गयो नभन है वाध्यता छ मेरो सामु दुरदराजमा जानु पर्ने जारी बैरी शत्रु सबै, हँसाइ गयो नभन है बेला बेला फोन गरौला चिट्ठी पनि लेख्दै गर्छु शिखरमा चढाएर, खसाइ गयो नभन है केही बर्ष त हो नि सानु फर्की चाँडै आउछु अत्यासिलो भङ्गालोमा, धसाइ गयो नभन है कसैको भन्नु नहोस राम्रो सोच्नु राम्रो गर्नु बोझिलो दु:खी नासो, टसाइ गयो नभन है

गजल:पुराना पत्र

तिम्रो तस्बिर हेरेर, आज फेरी रोएँ मिठो अतित सम्झेर,आज फेरी रोएँ बल्झिए घाउहरु,चट्याङ् पर्‍यो मुटुमाथी आँफैसग दु:खेर, आज फेरी रोएँ भक्कानिए बिथोलिए,भाबबिभोर भए अझै प्याला थपेर, आज फेरी रोएँ हप्ता,महिना, बर्ष बिते,खबर आएन भलो तिम्रो जपेर, आज फेरी रोएँ आँखाभरी सुनामी झै, याद उर्ली आयो पुराना पत्र पढेर, आज फेरी रोएँ

गजल: मन भित्र

मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ सम्झनाको झटारोले गोली हाने सरी जान्छ खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ भुल्न खोज्छु अतितका मिठा पलहरु याद आउछ बल्झिएर मन मुटु हरी जान्छ