फेसबूक म,उनी र बिचलित मन
रेडियोमा गीत बजिरहेको थियो आओर लाईफ इज अ नोवेल अफ लभ म भने घन्टौदेखी पुतली बत्तीमा होमिए जस्तै यो कम्प्युटर को स्क्रीन अगाडी झुम्मिरहेको छु अझ पुतली जस्तो पनि के भन्नु उसको त त्यो उज्यालो एक झुल्कालाई नजिकैबाट चुम्बन गरेर आफ्नो चेतनालाई उकास्दै उही प्रति समर्पित हुँदै आफ्नो इहलिला समाप्त गर्ने स्वार्थले त्यसको वरिपरि घुमिरहन्छ होला तर मेरा भने न कुनै स्वार्थ छ, न कुनै चेतनाले यो मस्तिष्क उचाल्ने उधेश्य छ म बिना स्वार्थ,बिना उधेश्य पनि बिकल्प रहित यो बाटोमा हिडिरहेको छु। हाइ मेरो profile मा कसैले सन्देश पठाउछ , हेल्लो मैले पनि सन्देश पठाइदिए। यो भर्चुवल वोर्ल्ड मा बिना चिनारी भनौ वा चिनारी लुकाएर कसैले सन्देश गर्दै छ जस्तो पनि लाग्यो सामान्य परिचय पश्चात उनले सोधिन तपाइलाई कुनै केटीले धोका दिए जस्तो छ? होईन- शायद यो उनको बाध्यता थियो होला धोका नै नभनी हालु। हामी बीच सन्देश साटासाट निरन्तर भयो यसबिच मैले जीवनको कुरा गरे उनले मृत्युको मैले आशा र बिश्वास को कुरा गरे उनले कायरता र घातको, मैले भबिश्य प्रति आशाबादी हुनुपर्छ भने, उनले भबिश्यलाई तिरस्कार गर्नुपर्छ भनिन , मैले प्रेमको कुर...