बर्ष दिनको पुण्य तिथिमा हार्दिक श्रदान्जली! समयको हुरीले अबिछिन्न रुपमा जिन्दगीलाई कहीले तातो बाफ बनेर त कहीले चिसो सिरेटो बनेर सेकिरहेकै छ,समयको यो अनौठो चक्र भित्र शिशिर,बशन्त,ग्रिश्म,शरदहरू घुमी घुमी आएकै छन् हरेक जिन्दगीका सूख,दुखहरूसग मितेरी गाँस्न तर म कति इर्श्यालु छू यी बशन्तहरूसग,यी शरदहरुसग। प्रकृतिको नियमलाई नै रोक्न सक्छु झै गरि यिनै बशन्त,शरदहरूको इर्श्याभित्र अल्झेर म समयलाई नै कैद गर्न खोज्छु आफ्नै मन,मुटु र बिचारहरूलाई कैद गर्दैछु भन्ने बिर्सिएर। समयको यो प्रबाहा किन रोक्न सक्थे मैले,रोक्दा रोकिने त मेरा सोचाइ,मेरा चाहानाहरू हुन तर यहि बुझेर पनि नबुझेको भ्रममा पर्न मन पराउछ यो अबुझ मन। म यस्तै कल्पनामा डुब्छु समय फुत्केर निकै अगाडी चिप्लेसकेको हुन्छ फेरि म भित्र चाहानाका ज्वारभाटाहरू उर्लिन्छन म दौडन्छु म बाट फुत्किएर निकै अगाडी पुगिसकेको समयलाई भेटाउने बहानामा तर हरेक पटक म पराजित भएर देखापर्छु। यो उर्जाशिल उत्सुक मन हजारौं पटक कृष्णभिर जस्तै पहिरिएर त्रिशुलिमा मिलिरहदा पनि यो वा त्यो को बहानामा आफ्ना चाहानाहरूलाई शुन्यताबाट उकासिरहदो रहेछ। यतिबेला जिन...