झरी परिरह्यो
धेरै दिन पछि कालो बादलको पर्दाले आकाश कैद भएको छ। धर्ति अधेरिएको छ। बाहिर सिम सिम पानी पर्न थालेको छ। पर पर देखि समुन्द्रको छाल किनार चुम्न उत्ताउलो पाराले हुत्तिरहेका छन म झ्यालको पर्दा खोल्छु गर्मीले उकुशमुकुश भएर चाउरिएको मेरो अनुहारलाई हावाको एक सप्काले स्पर्श गरेर जान्छ म शितलताको अनुभुती गर्छु। बेडमा पल्टन्छु सिलिङमा गएर मेरा नजरहरु ठोक्किन्छन मनमनै सोच्छु मेरा नजरहरु जस्तै मेरो मन किन ब्रेक लाग्दैन कहिल्यै? एकाएक मेरा अगाडी दशक अगाडीको घटनाक्रमहरु यो पछि त्यो वा त्यो पछि यो शिलशिला बिग्रिएर भएपनि उभिन थाले। आकाश निर्मल थियो भाद्रको महिना पनि कतै बादलका धब्बाहरु देखिएका थिएनन, मन उमंगले फुलेको थियो जताततै खुशि मात्र अह मलाई नै थाहा थिएन किन म हर्षित थिए। एस. एल. सी. को परिणाम पछि इन्जिनियरिङ क्याम्पसको अध्ययनको शिलशिलामा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा भर्ना भएर दशैं तिहार पछि मात्र पढ्न जाने सोचमा घरतिरै बस्थे। म सबैसग थोरै बोल्छु त्यसैले पनि होला जो सग बोले पनि लजाएर बोलेजस्तो आभाष मलाइ हुन्छ। त्यसै समयमा मेरो परिचय एउटा केटिसग हुनपुग्यो। हुन त भौतिकताको हिसाबमा उनी त्