आत्मिय निशा अबिरल अबिराम माया अटुट असिम सम्झना बादल बर्षा बीचको साउने झरी जस्तै निष्ठुरी र निर्दयी मनको रुखो कोसेली, मुटु दुखाइदिने घाऊ, पिडाको खानी, निरही मानिसले के नै दिन सक्छ र अरुलाई उही दु:ख, उही पिडा, उही बेदना अनी उही चित्कार त हो। चाहाना थिएन जलेको मन झन जलाउने तर पनि सकिन जब आखाभरी कसैको निरासता उर्लियो, बाटाभरी कसैको छाया अगाडी पछाडि लागिरह्यो,सम्झनाको मानसपटलमा यादको झङकारहरुले झकझकाइ रह्यो। भाबबिहोर हुँदै ब्यथा बल्झिए पछि तड्पिदै जान्छु मनको बाध छताछुल्ल भएर फुट्छ यही निर्दोषी शब्दहरु त छन् कोर्छु एउटा पत्र जतन गरेर पढ्नु। सम्बोधको कुन शब्दले बाधु,उही बिश्वास र अन्धबिश्वासको दिवाल भित्र रन्थनिएर जीवनको नयाँ मोडमा आएको अर्को एउटा सुनौलो अबसरलाई चाहेर वा नचाहेर भनु एकपटक गन्तब्यबिहिन दिशातिर निर्देषित गर्न लाग्दै छु। फेरि नसम्झ की बिगतमा मैले तिमिमाथी गर्ने व्यबहार र हाम्रो चोखो नाता कदापी भुलेको होईन र यो पनि नसम्झ की कोहि कसैको लागि सती जना पनि सक्दैन किनकी यहाँको चलन नै यस्तै बनेको छ जुन तिमिले देखाइसक्यौ। भनिन्छ नी जीवनमा कसैले कसैलाई पनि चिन्दैन भनेर आज मलाइ यही ...